काठमाडौं। नेपालका विभिन्न शिविरमा रहेका मध्ये ८० हजार भुटानी शरणार्थी अमेरिका पुगेका छन्। भुटानले उनीहरुलाई स्वदेश फर्कन नदिएपछि तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत उनीहरुलाई अमेरिका लगिएको हो।
पुनर्वास कार्यक्रमअन्तर्गत ८० हजार शरणार्थी अमेरिका पुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार जनाएको छ।
दूतावासका अनुसार अमेरिकी राजदूत पिटर डब्लु बोडीले ८० हजार पुरयाउने टोलीमा रहेका तीन व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। उनीहरुले ओहायो राज्यमा बसोबास गर्ने छन्।
अमेरिकाले भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो। सात वर्षअघि भुटानी शरणार्थीको पहिलो समूहले नेपालबाट प्रस्थान गरेयता ९३ हजारभन्दा बढीलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वास गरिसकिएको छ। अमेरिकामा पुनर्वास गराइएका ८० हजारमध्ये केही भुटानी अंगीकृत अमेरिकी नागरिक बनिसकेका छन्। अमेरिकाले नेपाल सरकार, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) सँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका पुनर्वास गरिदै आएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते