लन्डन । आगामी आइतबार डिसेम्बर १४ मा हुन गइरहेको ६४ औं मिस वोर्ल्ड २०१४ अन्तर्गत पिपुल्स् च्वाइस्मा बुधवारसम्म मिस नेपाल सुविन लिम्बु पांचौं स्थानमा पुगेकी छिन् ।
अनलाइन भोटिङमार्फत सुविन पांचौं स्थानमा आइपुगेकी हुन् । अब चार दिनमात्र बांकी रहेकाले सुविनले अनलाइन मार्फत आफूलाई मत दिन विश्वभर छरिएर रहेका नेपालीहरुमा अपिल गरेकी छिन् ।
तलको लिंकमार्फत एप्स् डाउनलोड गरि सुविनलाई मत दिन सकिने छ ।
http://www.missworld.com/TheCompetition/TheMissWorldMobileApp/
मिस वोर्ल्ड आयोजकका अनुसार, पहिलोमा अष्ट्रेलिया, दोश्रो बारबाडोस्, तेश्रो हाइटी, चौंथो इण्डिया र पांचौंमा नेपालकी सुविन छन् । त्यसैगरि, नेदरल्याण्डस्, फिलिपिन्स्, रसिया, साउथ अफ्रिका र थाइल्याण्ड क्रमशः टप टेनभित्र परेका छन् ।
१२० सुन्दरीहरुबीच मिस वोर्ल्डको फिनाले लन्डनस्थित एक्सेलमा हुंदैछ ।
गत ७ डिसेम्बर राती मिस वोर्ल्ड आयोजकले दिएको सरप्राइज वर्थ डे सेलेब्रेसनसंगै सुविन २४ औं वर्षमा टेकेकी छिन् । मिस नेपाल भएपछिको उनको पहिलो जन्मदिन, त्यो पनि विश्वका विभिन्न सुन्दरीहरुबीच भएको कार्यक्रमले उनी दंग छिन् । ‘वहु संस्कृति र विविधता बोकेको विश्वका एकसय २० देशका प्रतिष्पर्धीहरुसंगको उठवसले धेरै सिक्ने मौका पाएकी छु’, सुविन भन्छिन्, ‘मिस वोर्ल्डको फाइनल नजिकिंदै गर्दा चुनौतीसंगै आत्मविश्वास पनि बढिरहेको छ ।’ ढाका पहिरनमा देखिने तयारीमा रहेकी उनले नेपालको नाम राख्न आफू प्रयत्नशील भइरहेको जनाएकी छिन् ।
सबै तस्विरहरु सुविनको फेसबुक पेजबाट
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने