काठमाडौं। संविधानसभाका प्रमुख चार राजनीतिक दलहरु राज्य पुनर्संरचना र निर्वाचन प्रणालीमा सहमति नजिक पुगेका छन्। उनीहरुले प्रदेशको नामाकरण प्रादेशिक सभालाई गर्न दिने सैद्धान्तिक सहमति भएको बताएका छन्। तर प्रदेशको संख्या र त्यसको भगौलिक विभाजनका बारे भने सहमति हुन बाँकी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको दुई चरणको शीर्ष तहको बैठकमा प्रदेशको नाममा सहमति जुट्न गाह्रो देखेपछि नेताहरु सम्बन्धित प्रदेश सभालाई नै जिम्मा लगाउने गरी समझदारी गर्न सहमत भएका हुन् । संघीयतामा दलहरुबीच संख्या र नाममा मुख्य विवाद छ। कांग्रेस एमालेले सात प्रदेशको प्रस्ताव अघि सारेका छन् भने एकीकृत माओवादीले एकल पहिचानको आधारमा प्रदेश निर्माण गर्ने पर्ने तर्क गर्दै आएका छन्। मधेशी मोर्चा भने तराई मधेशको सबै भूभागलाई बढीमा दुई प्रदेशमा विभाजित गर्नुपर्ने पक्षमा छन्।
कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताको बैठकले हालकै मिश्रित निर्वाचन प्रणालीअन्तर्गत समानुपातिक र प्रत्यक्षतर्फ संख्या थपघट गरी समझदारी गर्ने पक्षमा सहमति बनेको छ ।
बैठकमा कांग्रेस र एमालेले समावेशी उम्मेदवार दिएर पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्ताव गरेका थिए । त्यसमा एमाओवादी र मधेशी मोर्चाले नमानेपछि हालकै मिश्रित प्रणालीमा प्रतिशत थप घट गरेर जान सकिने सहमति बनेको हो । कति प्रतिशत प्रत्यक्ष र कति प्रतिशत समानुपातिक भन्ने विषयमा भने कुरा मिलेको छैन । कांग्रेस, एमालेको समानुपातिक प्रतिशत कम बनाउनुपर्ने र एमाओवादी, मधेशी मोर्चाको बढी हुनुपर्ने तर्क छ।
प्रमुख दलहरुबीच नयाँ संविधानमा प्रमुख अन्तरबस्तु राज्यपुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा विवाद रहँदै अाएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते