काठमाडौं। जीप दुर्घटनामा गम्भिर घाइते भएका बाग्लुङ-१ का सभासद हरिबहादुर खड्काको आइतरबार साँझ निधन भएको छ। खड्काको ८:२० मा निधन भएको बताइएको छ। सभाषद खड्काको निधनको पुष्टी उनका भाञ्जा अर्जुन घिमिरेले गरेका छन् ।
खड्काको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो। खड्का चढेको ग १ झ २२४ नम्बरको जीप बाग्लुङको भकुन्डे ९ स्थित गलुवामा बुधबार दुर्घटना भएको थियो।
प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसले आयोजना गरेको धनधन्यञ्चल महायज्ञ उद्घाटन समारोहमा सहभागी हुन जाँदा उनी दुर्घटनामा परेका थिए। पल्टिएको जीपमा खड्का च्यापिएका थिए। खड्का ५१ वर्षका थिए ।
वाग्लुङ नगरपालिकामा २०२० साल जेठ १८ गते जन्मिएका खड्काले २०३६ सालबाट नेपाली कांग्रेसको गाउँ समिति मार्फत राजनीति सुरु गरेका हुन् । खड्काले नेपाली कांग्रेस वाग्लुङ नगर समितिको सभापति, क्षेत्रीय सदस्य हुँदै २०५४ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए।
२०५८ सालमा तरुण दलको केन्द्रिय सदस्य भएका खड्का २०५२ सालदेखि २०६७ सालसम्म पार्टीको जिल्ला सदस्य, २०६७ सालदेखि नेपाली कांग्रेसको जिल्ला सचिव रहे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते