काठमाडौं। महाधिवेशन सम्पन्न भएको पाँच महिना पुग्दा समेत केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न असफल भएको नेकपा एमाले भित्र विवाद झनै बढ्ने संकेत देखिएको छ। महाधिवेशनमा दुई प्यानल बनाएर लडेका अध्यक्ष केपी शर्मा ओली र पूर्व महासचिव माधवकुमार नेपाल पक्षबीच अविश्वास बढ्दै गएपछि विवादले उग्र रुप लिन लागेको हो। सोमबारबाट शुरु हुने केन्द्रीय कमिटीको बैठक समेत यसबाट प्रभावित हुने संभावना देखिएको छ।
ओली पक्षलाई नेपाल पक्षले स्थायी प्रकृतिको गुटबन्दी गरेर आफूलाई असफल बनाउने खेलमा लागेको शंका छ भने नेपाल पक्षलाई ओलीले कुनै परामर्श वा सल्लाह नगरीकनै पेलेर पार्टी चलाउने हुन् कि भन्ने भन्ने शंका रहेको छ ।
अध्यक्ष ओलीले एक महिनाभित्र सबै पक्षसँग छलफल गरेर कार्यविभाजन गर्ने प्रतिवद्धता अघिल्लो बैठकमा गरेपनि अहिलेसम्म त्यस विषयमा छलफल गरेका छैनन् ।
संविधान निर्माण र आन्तरिक व्यवस्थाका लागि थप गृहकार्य आवश्यक भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले एक महिना समय माग गरेपछि बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित भएको थियो ।
विवादका कारण महाधिवेशन भएको पाँच महिना नाघिसक्दा पनि कार्यविभाजन, पोलिटब्युरो र स्थायी कमिटी गठनजस्ता पार्टी सञ्चालनका लागि आवश्यक महत्वपूर्ण काम हुन सकेको छैन ।
‘महत्वपूर्ण विषयमा कुनै छलफल भएको छैन, पछिल्लो पाँच महिनामा अध्यक्षले पार्टी संगठनलाई राम्रोसँग चलाउने क्षमता देखाउन सक्नुभएन,’ उपमहासचिव घनश्याम भुसालले भने ।
तर ओली पक्षले नेपाली कांग्रेसमा जस्तो पार्टीभित्र भागबण्डा नचल्ने बताए । ‘जिम्मेवारी दिने विषय व्यक्तिको योग्यता र क्षमताअनुसार हुन्छ, त्यसमा भागबण्डा हुँदैन,’ सचिव पृथ्वीसुब्बा गुरुङले भने ।
अध्यक्ष ओलीले आइतबार बिहान आफ्नै निवास बालकोटमा बैठक बोलाएका छन् । तर, पार्टी कार्यालय छाडेर घरमा बैठक राखेको भन्दै नेपाल पक्षले बैठक बाहिस्कार गर्ने संकेत दिएको छ । असारमा भएको महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका दुवै पक्षबीच त्यसयता सहमति बन्न सकेको छैन ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण