काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा देखिएको अव्यवस्था हटाएर ‘इम्बोस्ड नम्बर प्लेट’ राख्ने तयारी गरेको छ । विभिन्न खालका नम्बर प्लेट भएकाले सवारी साधनलाई नियमन गर्न अप्ठ्यारो परेको भन्दै मन्त्रालयले त्यसखालको नम्बर प्लेट राख्न लागेको बताएको छ ।
हाल सरकारले सार्वजनिक, निजी, संस्थान, पर्यटक गरी १४ वटा नम्बर प्लेट राख्न पाउने व्यवस्था गरेको छ । तर इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा आएपछि पाँचवटा मात्रै नम्बर प्लेट हुने र सवारी साधनको नियमन र नियन्त्रण गर्न सहज हुने मन्त्रालयको विश्वास छ ।
निजी नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था भएपनि सवारी धनीले उक्त नियम नमानेको, पर्यटकसमेत बोक्ने गरेको अवस्थालाई अन्त्य गर्नु आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकै पहलमा विमानस्थलमा रहेका पुराना ट्याक्सी हटाएर नयाँ सुविधा सम्पन्न ट्याक्सी राखिएको र २० वर्षे पुराना सवारी साधन हटाउने योजनामा मन्त्रालय रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले यातायात व्यावसायी मर्यादित बन्नुपर्ने र सरकारी नियमलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए।
पुराना सवारी साधन नहटेका कारण पछिल्ला दिनमा सवारी दुर्घटनाको सङ्ख्यासमेत बढेको जानकारी दिँदै सचिव सिटौलाले दुर्घटना नियन्त्रणका लागि नीतिगतरुपमा पनि सरकार कडारुपमा प्रस्तुत हुन लागेको जानकारी दिए।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी