काठमाडौं । नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्क सिएमजीले बेलायतका नेपाली व्यवसायीहरुको लगानी रहेको सफ्टवेयर निर्माण कम्पनी ई-वोर्क्स युकेको उदघाटन गरेका छन् ।
ई-वोर्क्स युके कम्पनी नेपालमा सफ्टवेयर निर्माण गरी विदेशमा निर्यात गर्ने उद्देश्यले खोलिएको हो ।
राजदूत स्पार्कले कार्यालय उद्घाटन गर्न पाएकोमा खुशी लागेको बताए । उनले भने, “ई वोर्क्स युके कम्पनीले अन्तर्राष्ट्रिय सफ्टवेयर बजारमा सेवा मात्र दिने छैन, यसले स्थानीयस्तरमा विद्यार्थीहरुलाई व्यावसायिक अनुभव बटुल्ने अवसर पनि मिल्नेछ ।”
थापाथलीस्थित ट्रेड टावरमा रहेको सो कम्पनीमा नेपालमा द ब्रिटिश कलेज स्थापना गरेका कँडेल ग्रुपको लगानी छ । कम्पनीले विभिन्न मागअनुसार सफ्टवेयर निर्माण गरी आउटसोर्सिङ गर्ने बताइएको छ ।
यसैबीच, बेलायती राजदूत स्पार्कले वेष्ट अफ दी इंग्ल्याण्ड विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट गरेकोमा द ब्रिटिश कलेजमा अध्ययनरत कल्पना पन्तलाई सम्मान गरेका थिए ।
कलेजको समेत निरीक्षण गरेका राजदूत स्पार्कले कलेजको भौतिक संरचना लोभलाग्दो र उत्कृष्ट भएको भन्दै प्रंशसा गरे ।
बेलायती राजदूत स्पार्कले द ब्रिटिश कलेजका प्रमुख कार्यकारी निर्देशक राजन कँडेललाई बेलायती मान्यताप्राप्त कलेज नेपालमा ल्याएकोमा धन्यवादसमेत दिएका थिए ।
ई-वोर्क्स युके कम्पनीका प्रबन्धक तथा द ब्रिटिश कलेजका सिइयोसमेत रहेका राजन कँडेलले कार्यालय उद्घाटन गर्न आएकोमा बेलायती राजदुतप्रति आभार प्रकट गरे । उनले भने, “लामो समयदेखि बेलायती राजदुतको निरीक्षण कार्यक्रम पर्खिरहेका थियौं, उहाँले द ब्रिटिश कलेजको समेत निरीक्षण गरेर यसको गुणस्तरमा थप मान्यता प्रदान गरेको आभाष गरेको छु ।”
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते