काठमाडौं। प्रमुख राजनीतिक दलबीच संवैधानिक राजनीतिक संवाद तथा सहमतिको समितिको प्रतिवेदन संविधानसभामा सभापतिले स्वविवेकले पठाउन दिने सहमति भएको छ।
बुधबार बिहान राज्य व्यवस्था समितिको कार्यकक्षमा भएको तीन दलका नेताहरुको बैठकले कस्तो प्रतिवेदन पठाउन र के के विषय समेट्ने भन्ने विषय सभापति बाबुराम भट्टराईको स्वविवेकमा छाड्ने निर्णय गरेको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्। 
कांग्रेस एमालेसहितका दलले समितिमा प्रस्ताव गरेको सात प्रदेशसहितको साझा धारणालाई जस्ताको त्यस्तै सविधानसभामा पठाउनु पर्ने भन्दै दवाव दिएपछि विवाद चुलिएको थियो। एकीकृत माओवादीसहितका राजनीतिक दल र सभापति भट्टराई अनुसूचीमा मात्रै राखेर त्यस्तो प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा लैजान सकिने अडानमा थिए।
समितिको बैठक बुधबार दिउँसो बस्ने कार्यक्रम छ। बुधबार विहानै बसेको प्रमुख दलहरुको बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो।
बैठकमा एमालेका केपी ओली, झलनाथ खनाल, माधव नेपाललगायतका शीर्ष नेता थिए । एमाओवादीबाट पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहभागिता थियो । मधेसी मोर्चाबाट विजयकुमार गच्छदार पनि बैठकमा सहभागी थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा