काठमाडौं। रौतहटको चन्द्रनिगाहपुरस्थित बैंकको रकम लुट्न मुख्य योजनाकारलाई प्रहरीले पोखरामा पक्राउ गरेको छ। मुख्य योजनाकार पूर्व माओवादी कार्यकर्ता चन्द्रनिगाहपुरकै सुशील दुलाललाई कास्की प्रहरीले पक्रेको हो। मंसिर २ गते रौटहट चन्द्रनिगाहपुरको एसबिआई बैंकबाट २० लाख र वैशाख १५ गते पोखराको मेगा सहकारीबाट ३१ लाख रुपैयाँ लुटेर फरार दुलाललाई आइतबार लेकसाइडबाट पक्रेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
एक तलामाथिको सहकारी कार्यालयबाट पैसा लिएर भर्याङबाट ओर्लनासाथ गार्डलाई समातेर उनको आँखामा पट्टी बाँधी पैसाको झोला खोसेका थिए। यती बैंकका गार्ड गोविन्द थापाकै पछिपछि आइरहेका बैंक कर्मचारी भगवान बराललाई लगत्तै लुटेराले गोली हानेका थिए। चन्द्रनिगाहपुरमा भने नजिकैको एसबिआइ बैंकबाट रकम लिएर फर्किंदै गरेका इन्फ्रास्ट्रचर डेभ्लोप्मेन्टका गार्डलाई गोली प्रहार गरी पैसा बोकेको ब्याग बोकेर भागेका थिए।
वसन्तसँगै घटनामा संलग्न अर्का आरोपी रोल्पाका विजय केसी पनि फरार छन्। रौतहटमा बैंक लुट्दाकै दिन सिन्धुली घर भएका नारायण राई भने समातिएका थिए। बैंकबाट पैसा लुटेर भाग्दै गर्दा वसन्तले बोकेको पेस्तोल अचानक पड्किएर घाइते भएका राई बाटोमै प्रहरी फन्दामा परेका थिए। उनकै बयानका आधारमा प्रहरीले अरुलाई पक्रन सफल भएको हो।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा