
गढीमाइमा बलीको संख्या घट्यो, यसपटक २ लाख जनावरको बली
काठमाडौं। बाराको वरियारपुरस्थित गढीमाइ मेलामा यस वर्ष २ लाख जनावर र पंछीको बली चढेको अनुमान आयोजकहरुले गरेका छन्। यो यसअघिको मेलामा चढेको बलीको दुई तिहाइ संख्या हो। पाँच वर्षअघि तीन लाख बढि चढाइएको अनुमान छ।
भारतको सर्वोच्च आदालतले बली चढाउन गढीमाइ जनावर लैजान प्रतिबन्ध लगाएको थियो। भाकल गरेको जनावर नेपाल ल्याउन नपाएपछि भारतीय भक्तजनहरुले सीमा क्षेत्रको खुला चौरमै बली दिएका थिए। नेपाल लैजान रोक्नका लागि सीमामा प्रहरी गस्ती समेत बढाइएको थियो। शुक्रबार र शनिबार यसपटक बली दिइएको थियो।
यसपटक २५ लाख भक्तजनहरुले गढीमाइको दर्शन गरेको आयोजकहरुले जनाएका छन्। गढीमाइ मेलामा दिने बली रोक्नु पर्ने माग गर्दै पशु अधिकारवादीले बेलायतसहित युरोपेली देशमा अभियान चलाएका थिए।
गोर्खा अधिकार प्राप्तिका लागि अग्रमोर्चामा रहेकी आन्दोलनकी अभियन्ता जोहना लुम्लेले बलीविरुद्ध अभियानको नेतृत्व गरेको थिइन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति