काठमाडौं। मधेसी जनअधिकार फोरम नेपालले पूर्वदेखि पश्चिमसम्म तराई मधेसका जिल्लालाई एउटै मधेस प्रदेशमा राख्नेगरी नौ प्रदेशको संघीयताको खाका सार्वजनिक गरेको छ। फोरम नेपालको प्रस्तावअनुसार प्रदेश निर्माण भए कुल जनसंख्याको ५० भन्दा भन्दा बढी जनसंख्या एउटै प्रदेश र बाँकी ८ वटा प्रदेशमा पर्छ।
‘संविधानका अन्तर्वस्तु’ शीर्षकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधानमा समावेश गर्नुपर्ने भन्दै आइतबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको प्रस्तावमा मधेसमा एउटा प्रदेश र बाँकी क्षेत्रमा ८ प्रदेश बनाउनुपर्ने भनी नौ प्रदेशको प्रस्ताव गरेका हुन्।
यादवले मधेसको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लालाई समेटेर ‘समग्र मधेस, एक प्रदेश’ निर्माण गर्ने र त्यसको राजधानी वीरगन्ज रहने प्रस्ताव गरेका छन्। बाँकी ८ प्रदेशमा लिम्बुवानको राजधानी इलाम, किरातको राजधानी धनकुटा, तामसालिङको राजधानी पाँचखाल, मगराँतको राजधानी तानसेन, नेवाःको राजधानी काठमाडौं, नारायणीको राजधानी गोरखा, तमुवानको राजधानी पोखरा र कर्णाली/खसानको राजधानी सुर्खेतलाई प्रस्ताव गरिएको छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने शासकीय स्वरुप प्रस्ताव गर्दै फोरम नेपालले ‘राष्ट्रपतिको कार्यकाल पाँच वर्ष रहने र दुई कार्यकालभन्दा बढी पदमा रहन नपाउने’ धारणा अघि सारेको छ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’