काठमाडौं। मधेसी जनअधिकार फोरम नेपालले पूर्वदेखि पश्चिमसम्म तराई मधेसका जिल्लालाई एउटै मधेस प्रदेशमा राख्नेगरी नौ प्रदेशको संघीयताको खाका सार्वजनिक गरेको छ। फोरम नेपालको प्रस्तावअनुसार प्रदेश निर्माण भए कुल जनसंख्याको ५० भन्दा भन्दा बढी जनसंख्या एउटै प्रदेश र बाँकी ८ वटा प्रदेशमा पर्छ।
‘संविधानका अन्तर्वस्तु’ शीर्षकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधानमा समावेश गर्नुपर्ने भन्दै आइतबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको प्रस्तावमा मधेसमा एउटा प्रदेश र बाँकी क्षेत्रमा ८ प्रदेश बनाउनुपर्ने भनी नौ प्रदेशको प्रस्ताव गरेका हुन्।
यादवले मधेसको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लालाई समेटेर ‘समग्र मधेस, एक प्रदेश’ निर्माण गर्ने र त्यसको राजधानी वीरगन्ज रहने प्रस्ताव गरेका छन्। बाँकी ८ प्रदेशमा लिम्बुवानको राजधानी इलाम, किरातको राजधानी धनकुटा, तामसालिङको राजधानी पाँचखाल, मगराँतको राजधानी तानसेन, नेवाःको राजधानी काठमाडौं, नारायणीको राजधानी गोरखा, तमुवानको राजधानी पोखरा र कर्णाली/खसानको राजधानी सुर्खेतलाई प्रस्ताव गरिएको छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने शासकीय स्वरुप प्रस्ताव गर्दै फोरम नेपालले ‘राष्ट्रपतिको कार्यकाल पाँच वर्ष रहने र दुई कार्यकालभन्दा बढी पदमा रहन नपाउने’ धारणा अघि सारेको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा