काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो चार महिनामा ४२ जना बलात्कृत भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले आइतबार काठमाडौं, ललितपुर र भक्तपुरको आपराधिक घटनाको विवरण सार्वजनिक गर्दै महिला तथा बालबालिका सम्बन्धी उजुरीमा बलात्कार सबैभन्दा माथि भएको जनाएको छ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार चार महिनामा महिला तथा बालबालिका सम्बन्धी ९५ वटा घटना प्रहरीसम्म आइपुगेको छ।
उपत्यकामा चार महिनाको अवधिमा ९ जनालाई बलात्कार प्रयास भएको घटना प्रहरीसम्म पुगेको छ। २५ वटा बहुविवाह, १६ वटा मानव बेचबिखन र ३ वटा अप्राकृतिक मैथुनसम्बन्धी घटना प्रहरीमा दर्ता भएका छन्।
प्रहरीको तथ्यांकमा काठमाडौं उपत्यकामा वार्षिक ६ हजार आपराधिक घटना प्रहरीसम्म आइपुग्छ। कात्तिकमा प्रहरीमा १ सय ५० आपराधिक घटनाबारे जानकारी आएको थियो। जसमा चोरी दोस्रो नम्बरमा छ। संख्याको आधारमा सवारी दुर्घटना पहिलो नम्बरमा छ।
आयुक्त कार्यालयले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको अपराध तालिकाअनुसार यो बीच उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा १ सय ५० वटा चोरी घटना भएका छन्। कात्तिकमा ६१ वटा चोरीका घटना भएका छन् । मंसिर पहिलो साता २१ वटा चोरी घटना प्रहरीसम्म आएको छ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा