काठमाडौं। विवादको कारण स्थगित संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठक आइतबार करिब एक महिनापछि बस्ने भएको छ। मुख्य सत्ताधारी दलहरुले संविधानका अन्तर्वस्तुबारे साझा प्रस्ताव पेश गरेपछि समितिको बैठक अन्योलपूर्ण बन्न पुगेको थियो। 
साझा प्रस्ताव प्रस्तुत गरेका दलहरुले आफ्नो प्रस्तावलाई जस्ताको त्यस्तो संविधानसभामा लैजानु पर्ने बताउँदै आएका छन् भने सहमति बिनाको प्रस्ताव संविधानसभा जान नसक्ने अन्य दलको अडान छ। पछिल्लो समय समितिको सभापति बाबुराम भट्टराईलाई दवाव दिन समितिका ४३ जना सभाषदको हस्ताक्षर बुझाएपछि बैठक अनिश्चित बनेको छ।
यस्तो अवस्थामा आइतबार बस्ने भनिएको बैठकले राजनीतिक गतिरोधको निकास खोज्ने बताइए पनि त्यसको सम्भावना कम देखिएको नेताहरु बताएका छन् ।
संविधानसभाले अन्तिमपटक भन्दै संवाद समितिलाई दिएको म्याद गत कात्तिक १६ गते गुज्रिएपछि संवाद समितिले सहमति र विमतिका विषयलाई संविधानसभामा कसरी पेश गराउने भन्ने विषयमा दलहरु अन्यौलमा देखिँदै आएका छन्।
प्रमुख तीन दलबीच शनिबार साँझ बालुवाटारमा छलफल भएपनि दलहरु आ आफ्नै अडानमा कायम रहेका कारण विना निष्कर्ष टुङ्गिएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते