काठमाडौं। विवादको कारण स्थगित संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठक आइतबार करिब एक महिनापछि बस्ने भएको छ। मुख्य सत्ताधारी दलहरुले संविधानका अन्तर्वस्तुबारे साझा प्रस्ताव पेश गरेपछि समितिको बैठक अन्योलपूर्ण बन्न पुगेको थियो। 
साझा प्रस्ताव प्रस्तुत गरेका दलहरुले आफ्नो प्रस्तावलाई जस्ताको त्यस्तो संविधानसभामा लैजानु पर्ने बताउँदै आएका छन् भने सहमति बिनाको प्रस्ताव संविधानसभा जान नसक्ने अन्य दलको अडान छ। पछिल्लो समय समितिको सभापति बाबुराम भट्टराईलाई दवाव दिन समितिका ४३ जना सभाषदको हस्ताक्षर बुझाएपछि बैठक अनिश्चित बनेको छ।
यस्तो अवस्थामा आइतबार बस्ने भनिएको बैठकले राजनीतिक गतिरोधको निकास खोज्ने बताइए पनि त्यसको सम्भावना कम देखिएको नेताहरु बताएका छन् ।
संविधानसभाले अन्तिमपटक भन्दै संवाद समितिलाई दिएको म्याद गत कात्तिक १६ गते गुज्रिएपछि संवाद समितिले सहमति र विमतिका विषयलाई संविधानसभामा कसरी पेश गराउने भन्ने विषयमा दलहरु अन्यौलमा देखिँदै आएका छन्।
प्रमुख तीन दलबीच शनिबार साँझ बालुवाटारमा छलफल भएपनि दलहरु आ आफ्नै अडानमा कायम रहेका कारण विना निष्कर्ष टुङ्गिएको थियो।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा