काठमाडौं। विश्वको सबैभन्दा धेरै वली दिने मेला मानिंदै आएको बाराको बरियारपुरस्थित गढीमाई मेलाप्रति अहिले संसारभर चासो देखिएको छ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाइ मेलामा बोका, कुखुरा, सुंगुर र राँगाको बली दिने गरिएको छ । यस वर्ष पनि पहिलो दिन शुक्रबार राँगाको बली दिइयो भने शनिबार पंछी र सुंगुरको वली दिइएको छ।
गढीमाई मन्दिर पूर्व साढे दुई बिघामा फैलिएको बधशालामा झन्डै पाँच हजार राँगा बली दिइएको छ । मेला समितिले मार हान्न चार सय तरबारधारीलाई अनुमति दिएको छ। बलिका लागि श्रद्धालुले भाकल गरी ल्याएका राँगा मेला समितिले व्यवस्थापन गरेको हो ।
गढीमाई छेउमा रहेको ब्रम्हस्थानमा बत्ती बलेपछि नरबलि दिने परम्पराअनुसार गढीमाईका धामी दुःखा कछडियाले आफ्नो शरीरको कान, औंलासहित पाँच ठाउँको पाँचै थोपा रगत गढीमाईको नाममा चढाएपछि पञ्चबलि दिएका छन्।
गढीमाईलाई सुरुमा सेतो जंगली मुसा, परेवा, कुखुरा, हाँस र सुँगुरको पञ्चबलि दिएपछि भक्तजनले बलिका लागि लिएर आएका पशु बलि आरम्भ हुने परम्परा छ ।
बलिपछि राँगाको टाउको गाड्न बधशालाको दक्षिणपट्टि ब्रह्मस्थानछेउमा करिब १० फिट गहिरो र एक सय फिट लामो खाल्डो खनिएको छ ।
गढीमाईको दर्शनसहित बलि दिएपछि आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वास छ ।
नेपाललगायत भारतको कोलकाता, विहार, उत्तर र मध्य प्रदेश, युपी, बंगाल, पञ्जाब, हरियाणा राज्यबाट भक्तजन राँगा, बोका, हाँस, कुखुरा र परेवाजस्ता पशुपक्षीको बलि दिन आउँछन्।
मेला समितिले यस वर्ष १ करोड ६० लाखमा ठेक्का बन्दोबस्त गरिसकेको छ।
बलि दिएका राँगा लैजान ठेकेदारले बधशाला स्थलमा ट्रक राखेर लगिएको छ । आन्द्राभुँडी गाड्न बधशालाको उत्तरपट्टि खाडल खनिएको छ । आन्द्राभुँडी गाड्न एक ट्रक नुन बधशालामा राखिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा