काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको विषयलाई थाति राखेर भएपनि निर्धारित समयमा संविधान जारी गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँग आफ्नै निवास बालकोटमा भेट गर्दै ओलीले त्यस्तो अवस्थामा संघीयता निर्माणको जिम्मा आयोगलाई दिनु पर्ने बताए ।
‘संघीयता विवाद समाधान हुँदैन भने त्यसलाई थाँती राखेर पनि संविधान निर्धारित समयमा जारी गर्नु पर्छ, ओलीले भने, ”माघ ८ गतेपछि व्यवस्थापिका संसदमा रुपान्तरण हुने संविधानसभाले नै संघीयताको विषयलाई अनुमोदन गर्ने छ ।’
तर संघीयता थाती राखेर संविधान जारी गर्ने विषयलाई एकीकृत नेकपा माओवादी, मधेशी केन्द्रीत दलहरु लगायतले यसअघि नै अस्वीकार गरिसकेका थिए ।
कमभन्दा कम प्रदेश निर्माण गरेर जानु पर्ने धारणा राख्दै आएका एमाले अध्यक्ष ओलीले कातिक १६ गते संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा नेपाली कांग्रेस र अन्य केही राजनीतिक दलको साझा धारणामा सात प्रदेशको प्रस्ताव गरेका थिए ।
भेटमा ओलीले माघ २२ गतेको समयसीमालाई प्रभावित नगर्ने गरी कार्यतालिका संशोधन गर्नुपर्ने बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते