
अन्तिम समयमा उर्जा सम्बन्धी सम्झौता
काठमाडौं। काठमाडौं घोषणा पत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन सम्पन्न भएको छ। १९ औ सार्क शिखर सम्मेलन २ वर्ष पछि पाकिस्तानको इस्लामावादमा हुने घोषणा गरिएको छ। समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो। सदस्य मुलुकका राष्ट्राध्यक्ष-सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो।
सदस्य मुलुकका मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो। यसपछि सम्मेलनले सार्कको १९ अौँ शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानमा गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजकका रुपमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सबैलाई धन्यवाद ज्ञापन गरे।
समापन समारोहमा फोटो सेसनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएका छन्।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई