काठमाडौं । १८ औ सार्क शिखर सम्मेलनको उद्घाटन समारोह सम्पन भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको शिखर सम्मेलनमा अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधि मण्डलका प्रमुखहरुले आफ्नो धारणा राखेका छन्।
सार्क सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सार्क क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताएका छन्।
दक्षिण एसियाका जनतामाझ गरिएका बाचा पूरा गर्नेतर्फ सार्क मुलुक इमानदारीका साथ लाग्नुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री कोइरालाले गरिबी, भोकमरी, आतङ्कवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको सामना गर्न सार्क मुलुकले सामूहिकरुपमा काम गर्नुपर्नेमा जोड दिए। सम्मेलनले आयोजक नेपाललाई सार्कको अध्यक्ष चुनेको छ ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले चीनसँग सहकार्य गरेर अघि बढ्न पर्ने बताए भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भौतिकपूर्वाधार विकास गर्नु पर्नेमा जोड दिए ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले दक्षिण एशियालाई भिसा मुक्त क्षेत्र बनाउनु पर्ने प्रस्ताव अघि सारे । त्यसैगरी श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एशियामा बुद्धिष्ट सर्किट बनाउनु पर्ने बताए ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दक्षिण एशियामा उर्जाको क्षेत्रमा क्षेत्रीय, उप क्षेत्रीय र द्वीपक्षीय सहकार्य आवश्यक रहेको बताइन्। भुटानका प्रधानमन्त्री छिरिङ ताब्गेले भुटानमा गरिबी रेखामुनी रहेका १२ प्रतिशत जनताको जीवनस्तर उकास्नका लागि काम भैरहेको बताए ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले दक्षिण एसियाली राष्ट्रहरुबीचको व्यापार विस्तारबाट आपसी समझदारी बढाउनुका साथै साझा समृद्धिलाई पनि अघि बढाउने विश्वास व्यक्त गरे। यस क्षेत्रका एक चौथाइ जनताको विश्व रङ्गमञ्चमा आवाज पुग्न नसकेको वास्तविकता औँल्याउँदै यहाँका आवाजलाई विद्यमान परिस्थिति अनुकूल मुखरित गर्नुपर्नेमा जोड दिए ।
सार्कका पर्यवेक्षकका रुपमा रहेका अस्ट्रेलिया, चीन, जापान, म्यानमार, इरान, दक्षिण कोरिया, अष्ट्रेलियालगायत विभिन्न मुलुकका प्रतिनिधिले पनि सार्कको सफलताको शुभकामना दिएका छन् । उद्घाटन समारोहपछि होटल सोल्टीमा सार्कका नेताहरुबीच साइडलाईन वार्ता हुने छ ।
यसैबीच सार्कको १९ औ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामवादमा हुने भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सो जानकारी गराएका हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते