काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान निर्माण संख्याको आधारमा नभै सहमतिलाई आधार बनाउनु पर्ने भनेर दिएको अभिव्यक्तिले पुरै राजनीतिक वृत्त तरंगीत बनेको छ।
६ वर्षअघि नै निर्माण कार्य पुरा भएर पनि सञ्चालनमा आउन नसकेको राष्ट्रिय ट्रमा सेन्टरको नेपाललाई हस्तान्तरण तथा उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा चेतावनीको शैलीमा आएको अभिव्यक्तिले फरक फरक धारणा बजारमा सुनिएका छन्।
‘म नेपालका सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्छु, संविधान निर्माण सहमतिबाट गर्दा नै फाइदा हुन्छ, संख्याको बलबाट संविधान निर्माणले नेपालको कहिल्यै भलो गर्दैन’ सम्बोधनको क्रममा उनले भने, ‘एक पटक सहमतिमा बनेको संविधान दुई तिहाइ बहुमतको आधारमा संशोधन गर्न सकिन्छ ।’
मधेशी र माओवादीले संविधानको अन्तर बस्तुमा विरोध कायम राखे उनीहरुलाई सहमति बाहेकै दुई तिहाइ प्रक्रियाबाट संविधान बनाउन सकिने भन्दै दलहरुलाई त्यस्तो नगर्न सुझाव दिए। उनले मधेशी, पहाडे र माओवादीलाई उपेक्षा गरेर सविधान बनाउंदा त्यसले सहज परिणाम नदिने बताए।
यसैबीच माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले आफूलाई उत्साहित पारेको बताएका छन् । मंगलबार साँझ मोदी भेट्न सोल्टी होटल पुगेका माओवादीका महासचिव कृष्णबहादुर महराले मोदीको अभिव्यक्तिबाट उत्साहित भएको बताए ।
सम्बोधनपछि मोदीले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै भेटेका थिए।
तर कांग्रेस एमालेका नेताहरुले त्यसलाई सहज रुपमा लिएका छैनन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हाम्रो पनि सहमतिमै बनाउनु पर्नेमा जोड दिँदै आएका छौ।’ एमालेका केन्द्रीय सदस्य शंकर पोखरेलले ट्वीटमा फरक फरक धारणा भएका दलका सभाषद भएकाले मोदीले भने जस्तो पूर्ण सहमतिमा जारी हुन नसक्ने बताए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते