काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान निर्माण संख्याको आधारमा नभै सहमतिलाई आधार बनाउनु पर्ने भनेर दिएको अभिव्यक्तिले पुरै राजनीतिक वृत्त तरंगीत बनेको छ।
६ वर्षअघि नै निर्माण कार्य पुरा भएर पनि सञ्चालनमा आउन नसकेको राष्ट्रिय ट्रमा सेन्टरको नेपाललाई हस्तान्तरण तथा उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा चेतावनीको शैलीमा आएको अभिव्यक्तिले फरक फरक धारणा बजारमा सुनिएका छन्।
‘म नेपालका सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्छु, संविधान निर्माण सहमतिबाट गर्दा नै फाइदा हुन्छ, संख्याको बलबाट संविधान निर्माणले नेपालको कहिल्यै भलो गर्दैन’ सम्बोधनको क्रममा उनले भने, ‘एक पटक सहमतिमा बनेको संविधान दुई तिहाइ बहुमतको आधारमा संशोधन गर्न सकिन्छ ।’
मधेशी र माओवादीले संविधानको अन्तर बस्तुमा विरोध कायम राखे उनीहरुलाई सहमति बाहेकै दुई तिहाइ प्रक्रियाबाट संविधान बनाउन सकिने भन्दै दलहरुलाई त्यस्तो नगर्न सुझाव दिए। उनले मधेशी, पहाडे र माओवादीलाई उपेक्षा गरेर सविधान बनाउंदा त्यसले सहज परिणाम नदिने बताए।
यसैबीच माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले आफूलाई उत्साहित पारेको बताएका छन् । मंगलबार साँझ मोदी भेट्न सोल्टी होटल पुगेका माओवादीका महासचिव कृष्णबहादुर महराले मोदीको अभिव्यक्तिबाट उत्साहित भएको बताए ।
सम्बोधनपछि मोदीले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै भेटेका थिए।
तर कांग्रेस एमालेका नेताहरुले त्यसलाई सहज रुपमा लिएका छैनन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हाम्रो पनि सहमतिमै बनाउनु पर्नेमा जोड दिँदै आएका छौ।’ एमालेका केन्द्रीय सदस्य शंकर पोखरेलले ट्वीटमा फरक फरक धारणा भएका दलका सभाषद भएकाले मोदीले भने जस्तो पूर्ण सहमतिमा जारी हुन नसक्ने बताए।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ