काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिका आधारमा संविधान बनाउने प्रयास गर्न सुझाएका छन्। सार्क सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीले राष्ट्रिय ट्रमा सेन्टर उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘संख्याको आधारमा संविधान बनाउँदा नराम्रो प्रभाव पर्न सक्छ।’
सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेले सहमति नभए दुई तिहाइ बहुमतको आधारमा भएपनि संविधान बनाउनु पर्नेमा जोड दिएको समयमा मोदीको यस्तो धारणा आएको हो।
मोदीले नेपालमा जति छिटो संविधान बन्छ त्यसले नेपाललाई फाइदा हुने धारणा राखे । ‘म एक मित्र राष्ट्रको नाताले प्रार्थना गर्दछु तपाइँहरु सहमतिमा संविधान बनाउनुहोस्, छिटो संविधान बनाउनुहोस्’, उनले भने, ‘मेरो आग्रह छ कि नेपालको संविधान यस्तो बनोस् जहाँ हरेक नेपाली वर्गको प्रतिनिधित्व होस्, संविधान संख्या बलले हैन सहमतिले बनोस् ।’ मोदीले नेपालमा छिटो संविधान बन्दा भारत खुशी हुने बताए । सवैको सपना र अवसरलाई समेटेर अपनत्व महसुस हुने संविधान निर्माण गर्नु पर्ने उनको धारणा थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते