काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिका आधारमा संविधान बनाउने प्रयास गर्न सुझाएका छन्। सार्क सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीले राष्ट्रिय ट्रमा सेन्टर उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘संख्याको आधारमा संविधान बनाउँदा नराम्रो प्रभाव पर्न सक्छ।’
सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेले सहमति नभए दुई तिहाइ बहुमतको आधारमा भएपनि संविधान बनाउनु पर्नेमा जोड दिएको समयमा मोदीको यस्तो धारणा आएको हो।
मोदीले नेपालमा जति छिटो संविधान बन्छ त्यसले नेपाललाई फाइदा हुने धारणा राखे । ‘म एक मित्र राष्ट्रको नाताले प्रार्थना गर्दछु तपाइँहरु सहमतिमा संविधान बनाउनुहोस्, छिटो संविधान बनाउनुहोस्’, उनले भने, ‘मेरो आग्रह छ कि नेपालको संविधान यस्तो बनोस् जहाँ हरेक नेपाली वर्गको प्रतिनिधित्व होस्, संविधान संख्या बलले हैन सहमतिले बनोस् ।’ मोदीले नेपालमा छिटो संविधान बन्दा भारत खुशी हुने बताए । सवैको सपना र अवसरलाई समेटेर अपनत्व महसुस हुने संविधान निर्माण गर्नु पर्ने उनको धारणा थियो।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा