काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ दल कांग्रेस र एमालेले नयाँ संविधानको अन्तर बस्तुको बारेमा बनाएको साझा प्रस्तावले वातावरण बिग्रिएको बताएका छन् ।
२२ दलीय मोर्चाले सोमबार नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुका लागि आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले सहमतिको वातावरण बन्दाबन्दै सत्तारढ दलले नौबुँदे प्रस्ताव ल्याएर दलहरुबीच अविश्वासको अवस्था सिर्जना गरेको आरोप लगाए।
‘सहमतिको वातावरण बन्दै गएको थियो, तर अचानक सत्तारूढ दलले नौबँदे प्रस्ताव ल्याएपछि विश्वासको वातावरण बिग्रियो,’दाहालले भने, ‘त्यसमाथि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा ४३ जनाको हस्ताक्षर संकलन गरी बुझाइएपछि थप समस्या भयो ।’
उनले संवाद समितिमा बहुमत सदस्यको हस्ताक्षर बुझाएर सभापति बाबुराम भट्टराईलाई नैतिक संकटमा पारिएको बताए ।
दाहालले २२ दलीय मोर्चाभित्रै सहमति जुट्न नसकेको भन्ने आरोपलाई अस्वीकार गर्दै सहमतिको वातावरण नबिग्रियोस् भनेर मोर्चाले संविधान निर्माणका सम्बन्धमा लिखित रूपमा साझा धारणा नल्याएको बताए ।
सो कार्यक्रममा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानसभा नियमावलीले आफू बाँधिएकाले संविधान लेखन प्रक्रिया अघि बढाउन नसकिएको बताएका छन् ।
एमाओवादी नेतासमेत रहेका भट्टराईले दलहरूबीच सहमति नभएसम्म समिति सभापतिका रूपमा आफ्नो कुनै भूमिका हुन नसक्ने बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा