काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनालाई ‘एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गर्ने भएका छन्। मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार नेपाल आउँदैछन्। 
हेलिकप्टर हस्तान्तरणका लागि मंगलबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ। सुरुमा मोदीले हेलिकप्टर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नेछन् । कोइरालाले प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ । विगतमा नेपाल र भारतबीच भएका सहमतिअनुसार उक्त हेलिकप्टर नेपाललाई उपलब्ध गराउन लागिएको हो । सन् २०१२ मा निर्माण भएपछि ग्राउन्ड टेस्ट गरिएको यस किसिमको हेलिकप्टर भारतीय सेनाले आक्रमणका लागि लागि प्रयोग गर्दै आएको छ । उक्त हेलिकप्टर हाइ अल्टिच्युटमा पनि उडाउन सकिन्छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार