काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनालाई ‘एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गर्ने भएका छन्। मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार नेपाल आउँदैछन्। 
हेलिकप्टर हस्तान्तरणका लागि मंगलबार सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ। सुरुमा मोदीले हेलिकप्टर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नेछन् । कोइरालाले प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ । विगतमा नेपाल र भारतबीच भएका सहमतिअनुसार उक्त हेलिकप्टर नेपाललाई उपलब्ध गराउन लागिएको हो । सन् २०१२ मा निर्माण भएपछि ग्राउन्ड टेस्ट गरिएको यस किसिमको हेलिकप्टर भारतीय सेनाले आक्रमणका लागि लागि प्रयोग गर्दै आएको छ । उक्त हेलिकप्टर हाइ अल्टिच्युटमा पनि उडाउन सकिन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते