काठमाडौ। राप्रपा नेपालको असन्तुष्ट पक्षले कमल थापालाई अध्यक्ष पद छाड्न २१ दिनको अल्टिमेटम दिँदै माग पुरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएको छ।
असन्तुष्ट पक्षको शुक्रबार र शनिबार राजधानीमा भएको दुई दिने राष्ट्रिय भेलाले अध्यक्ष थापाले पार्टीलाई पद्धतिअनुसार सञ्चालन गर्न नसकेको भन्दै २१ दिन भित्र राजिनामा दिन अल्टिमेटम दिएको हो। दुई दिने राष्ट्रिय भेलामा ६३ जिल्लाका १ हजार ७ जना प्रतिनिधिको सहभागिता रहेको बताइएको छ। असन्तुष्ट पक्षको नेतृत्व पूर्व सह अध्यक्ष पद्मसुन्दर लावतीले गर्दै आएका छन्। 
भेलाको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित गरेको पत्रकार सम्मेलनमा नेता लावतीले भ्रष्टाचार काण्डमा मुछिएर अख्तियार र संसदको सार्वजनिक लेखा समितिको छानविनको घेरामा रहेका गणेश थापालाई पनि सभाषदबाट फिर्ता बोलाउन माग गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष समेत रहेका अध्यक्ष थापाका भाई गणेशलाई सरकारले मनोनित गर्ने २६ मध्ये पार्टीको सिफारिसमा सभाषदमा मनोनयन गरिएको थियो।
अध्यक्ष थापालाई माग पुरा गर्न भन्दै अघि सारिएको मागहरुमा सभाषद बन्नका लागि पैसा बुझाएकाहरुको रकम फिर्ता गर्नु पर्नेसहितका छन्। त्यसैगरी जेठ महिनामा भएको अधिवेशन खारेज गरिनुपर्ने, सांसद विकास कोषको रकम आफूले चाहेको स्थानमा खर्च गर्न पाउनु पर्ने लगायतका माग छन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा