काठमाडौ। राप्रपा नेपालको असन्तुष्ट पक्षले कमल थापालाई अध्यक्ष पद छाड्न २१ दिनको अल्टिमेटम दिँदै माग पुरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएको छ।
असन्तुष्ट पक्षको शुक्रबार र शनिबार राजधानीमा भएको दुई दिने राष्ट्रिय भेलाले अध्यक्ष थापाले पार्टीलाई पद्धतिअनुसार सञ्चालन गर्न नसकेको भन्दै २१ दिन भित्र राजिनामा दिन अल्टिमेटम दिएको हो। दुई दिने राष्ट्रिय भेलामा ६३ जिल्लाका १ हजार ७ जना प्रतिनिधिको सहभागिता रहेको बताइएको छ। असन्तुष्ट पक्षको नेतृत्व पूर्व सह अध्यक्ष पद्मसुन्दर लावतीले गर्दै आएका छन्। 
भेलाको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित गरेको पत्रकार सम्मेलनमा नेता लावतीले भ्रष्टाचार काण्डमा मुछिएर अख्तियार र संसदको सार्वजनिक लेखा समितिको छानविनको घेरामा रहेका गणेश थापालाई पनि सभाषदबाट फिर्ता बोलाउन माग गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष समेत रहेका अध्यक्ष थापाका भाई गणेशलाई सरकारले मनोनित गर्ने २६ मध्ये पार्टीको सिफारिसमा सभाषदमा मनोनयन गरिएको थियो।
अध्यक्ष थापालाई माग पुरा गर्न भन्दै अघि सारिएको मागहरुमा सभाषद बन्नका लागि पैसा बुझाएकाहरुको रकम फिर्ता गर्नु पर्नेसहितका छन्। त्यसैगरी जेठ महिनामा भएको अधिवेशन खारेज गरिनुपर्ने, सांसद विकास कोषको रकम आफूले चाहेको स्थानमा खर्च गर्न पाउनु पर्ने लगायतका माग छन्।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण