जाजरकोट बस दुर्घटना: ४७ जनाको शव फेला

भेरी नदीमा भएको दुर्घटनापछि बेपत्ता रहेकाहरुको खोजी गर्दै गोताखोरहरु।

भेरी नदीमा भएको दुर्घटनापछि बेपत्ता रहेकाहरुको खोजी गर्दै गोताखोरहरु।

काठमाडौं। तीन दिनअघि जाजरकोटको भुर–७ रावतगाउँमा भेरी नदीमा बस खसेर हराइरहेका मध्ये आइतबारसम्म ४७ जनाको शव भेटिएको छ। बिहीबार ७० भन्दा बढी यात्रु लिएर जाजरकोट खलंगाबाट सुर्खेतको राकमका लागि हिँडेको बस बिहीबार बिहान रावतगाउँमा सडकबाट ५० मिटर तल भेरी नदीमा खसेको थियो। बस भेरी नदीमा २५ मिटर तल डुबेको अवस्थामा छ।

दुर्घटनामा बेपत्ताहरूको तीन दिनदेखि खोजी कार्य भइरहेको छ। जाजरकोट प्रहरी, पोखरा र कर्णाली चिसापानीबाट झिकाइएका गोताखोरहरू, सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा भेरी नदीमा डुबेकै अवस्थामा रहेको बसबाट आइतबारसम्म ४७ जनाको शव निकालिएको हो। यसअघि बस दुर्घटना भएकै दिन ५ जनाको शव भेटिएको थियो। बसमा यात्रा गरिरहेका मध्ये १० जना पौडिएर बाँचेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री