काठमाडौं।सूचना विभागले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनको १८औं शिखर सम्मेलनको समाचार संकलन गर्नको लागि स्वदेशी र विदेशी गरी ९ सय २० जनालाई विशेष पास उपलब्ध गराएको छ । सार्क समाचार संकलनको लागि विशेष पास लिनेमा तीन सय २५ जना विदेशी पत्रकार छन् ।
विभागका अनुसार विशेष पास लिने विदेशी पत्रकारमा सबैभन्दा बढि भारतका छन् । भारतबाट एक सय ४९ जना पत्रकारले विशेष पास लिएका छन् । यस्तै बंगलादेशबाट एक सय २३ जना पत्रकार सार्क सम्मेलनको समाचार संकलन गर्न नेपाल आउने भएका छन् । विभागले ९ सय २० जना पत्रकारलाई पास बांडेपनि रयाडिसन होटलमा पत्रकारको लागि मिडिया सेन्टर स्थापना गरिएको छ ।
यसैबीच निजी सञ्चार माध्यमहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिएको विरोध गर्दै फोटोपत्रकारहरुले विरोध गरेका छन्। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटेर सरकारले उचित व्यवस्थापन नगरे सार्कनै बहिस्कार गर्ने चेतावनी उनीहरुको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा