
लण्डन । विश्वका ४६ देशमा शाखा रहेको भनिएको अमेरिकी कम्पनी सलादमास्टरको डिलर युकेमा नेपालीहरुले आफ्नै स्वामित्वमा स्थापना गरेका छन् ।
शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठको लगानी रहेको एसफोयु हेल्थी लाइफ लिमिटेडले सलादमास्टरको डिलर प्राप्त गरेको हो । सो डिलरको बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री तथा सलादमास्टरको बेलायत तथा आयरल्याण्ड प्रमुख, लेखक आयो ओलासेइण्डेले संयुक्तरुपमा बेजिंगस्टोकमा उद्घाटन गरे ।
सो समारोहमा कार्यबाहक राजदूत क्षेत्री, सलादमास्टर युके प्रमुख ओलासेइण्डे, एनआरएनए युकेका अध्यक्ष महेन्द्र कंडेल, उपाध्यक्ष हिराधन राई, स्थानीय काउन्सिलर तथा लेबोर पार्टीका सांसदका उम्मेदवार डा. पाउल हार्बे, चितवन ट्रष्ट युकेका अध्यक्ष कृष्ण गुरुङ, नेपाली जनसम्पर्क समिति युकेका उपाध्यक्ष हिमाल गुरुङ, ग्रेटर रेडिङ नेपलिज कम्युनिटीका महासचिव यादव श्रेष्ठ, गायक विवेक श्रेष्ठ, पूर्व डिएसपी वाचस्पति रेग्मी लगायतले मन्तब्य दिएका थिए ।
खानपानले स्वास्थ्यमा पारिरहेको असरलाई दृष्टिगत गरेर आफ्नो उत्पादन गरिरहेको सलादमास्टरको उत्पादन बेलायतस्थित अफ्रिकन र एसियनहरुमा लोकप्रिय हुँदै गरेको बताइएको छ ।
नेपालीहरु पनि सलादमास्टरको व्यापारमा आवद्ध भइसकेका छन् र हालै मात्र उनीहरुले डिलरसिप प्राप्त गरेका हुन् ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग