
पत्रकार अमृत र बन्जाडेले पाए वाङ्मय पुरस्कार
लण्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले हरेक वर्ष प्रदान गर्दै आइरहेको अनेवा पुरस्कार, यस वर्षका लागि पत्रकारितामा उल्लेखनीय रूपमा सक्रिय नेपाल साप्ताहिकका डेस्क संयोजक नारायण अमृत र कारोबार आर्थिक दैनिकका डेस्क संयोजक लेनिन बञ्जाडेलाई प्रदान गरियो ।
नेपालका लागि बेलायती राजदुत एन्ड्रीउ जेम्स स्पार्कस्ले काठमाडौँमा आयोजित एक कार्यक्रममा बन्जाडे र अमृतलाई पुरस्कार प्रदान गरे ।
पुरस्कारको राशी ३० / ३० हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ ।
कार्यक्रममा बोल्दै राजदूत स्पार्कसले बेलायतस्थित प्रतिष्ठानले गरेको गतिबिधिमा आफु सरिक हुन पाएकोमा खुशी व्यक्त गर्दै संस्थाले दुवै मुलुकलाई जोड्न सेतुको काम गरेको बताए ।
संस्कृतिविद् तथा कवि तुलसी दिवसले नेपाली साहित्यिक प्रतिष्ठानहरुले डायस्पोरामा छरिएर रहेका स्रष्टा पहिचान गरी सम्मान गर्नु पर्ने सुझाव दिए ।
साहित्यकार तथा राजनीतिज्ञ प्रदिप नेपालले अनेवाले सह्रानीय काम गरेको बताए भने बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले विदेशमा बसेर संस्था सञ्चालन गर्न सहज नहुँदा पनि प्रतिष्ठानले नेपाली वाङ्मयमा पुर्याएको योगदानको प्रशंसा गरे ।
सन् २०१२ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानमा खगेन्द्र पाठक, डा. सुष्मा आचार्य, विकलचन्द्र आचार्य, गोपीकृष्ण प्रसाई, किरण टी. लिम्बु, जयालक्ष्मी राई, नारायण अधिकारी, गोपी सापकोटा लगायतका साहित्यकारहरु संलग्न छन् । संस्थाले युकेमा नियमित साहित्यिक गतिबिधिहरु गर्दै आएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने