काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरमाथि १ सय ९० रनले सहज जीत हासिल गरेको छ। प्रतियोगिताको तेस्रो खेलमा ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र र वसन्त रेग्मी नायक रहे।
सिंगापुर २१ ओभर ४ बलमा ७३ रनमै अल आउट भयो। नेपालका सोमपाल कामी र वसन्त रेग्मीले ४-४ विकेट लिए। २ विकेट अमृत भट्टराईको नाममा रह्यो। निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै नेपालले २ सय ६३ रन बनाएको थियो।
यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेपालका लागि उप कप्तान मल्लले १ सय १४ रनको इनिङ खेलेका थिए। पहिलो ओभरको दोस्रो बलमा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल शुन्यमा आउट भएपछि मल्ल ब्याटिङ गर्न आएका थिए।
४३ ओभर ४ बलमा आउट हुनुअघि मल्लले १ सय २५ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरेका थिए।
नेपालका लागि नरेश बुढाऐरले २९, पारस खड्काले १४, शरद भेषवाकरले २५, बसन्त रेग्मी २१, बिनोद भण्डारीले ८, सागर पुनले २१, सोमपाल कामी र अमृत भट्टराईले ६-६, शक्ति गौचनले ५ रन बनाएका थिए। यसअघि नेपाल बर्मुडालाई पनि ठूलो अन्तरले पराजित गरेको थियो भने पहिलो खेलमा युगान्डासँग पराजित भएको थियो।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग