लण्डन । ब्रुनाइको सुल्तानकोमा जागिर लाइदिने भन्दै पूर्व गोरखाहरुलाई ठग्ने एक पूर्व गोरखालाई बेलायतको अदालतमा पेश गरिएको छ ।
फार्नब्रो ल्याङकास्टर वेका ३३ वर्षीय पूर्व गोरखा सदीप गुरुङले पूर्व गोरखाहरुबाट २५ हजार पाउण्ड ठगी गरेको अभियोग लगाइएको छ । उनमाथि ठगीका २२ वटा र मुद्रा अपचलनको एक गरी मुद्दा लगाइएको छ ।
उनलाई नर्थहृयाम्पटन मेजिस्ट्रेष्ट कोर्टमा आज पेश गरिएको छ ।
उनले पूर्व गोरखाहरुलाई ब्रुनाइको सुल्तानकहाँ हुँदै नभएको सुरक्षाकर्मीको जागिर दिने भन्दै पैसा उठाउने गरेको बताइएको छ । उनले पूर्व गोरखाहरुसित शुरुमा मित्रता गाँस्ने र बेलायतका विभिन्न स्थानमा रहेका ब्रुनाइका सुल्तानका घरहरुमा जागिरको प्रलोभन देखाउने गरेका थिए ।
सरकारी वकिल म्याथ्यु थोमसले गुरुङले सिसिटिभी लाइसेन्सका लागि भन्दै पेश्कीस्वरुप पूर्व गोरखाहरुबाट पैसा उठाउने गरेको तर जागिर भने कतै नलगाइदिएको अभियोग लगाए ।
ब्रुनाइ तथा मध्यपूर्वका राजपरिवारको सुरक्षाकर्मी हुँदा राम्रो तलव भत्ता सुविधा पाउने भएकाले पूर्व गोरखाहरु सोप्रति धेरै लालायीत हुने गरेका छन् ।
स्थानीय नर्थहृयाम्पटन क्रोनिकलका अनुसार गुरुङले एक पूर्व गोरखालाई मेडिकल क्षतिपूर्ति पाउने पक्का भएको तर त्यसका लागि पहिले बैँकमा अनलाइन ट्रान्सफर गर्नपर्ने भन्दै ठगी गरेको आरोप लगाइएको छ ।
उनले अर्का एक गोरखालाई छल गरी आफू पेन्सन अफिसको प्रतिनिधि भन्ने विश्वासमा पारी २ हजार पाउण्ड ठगी गरेको अभियोग लागेको छ ।
गुरुङले आफूमाथि लगाइएको अभियोगहरुका बारेमा अदालतमा केही बताएनन् ।
मेजिस्टेट कोर्टमा कुनै फैसला हुन नसकेपछि उनलाई यसै महिनाको अन्त्यमा नर्थ हृयाम्पटन क्राउन कोर्टमा लगिने भएको छ ।
उनलाई यसै वर्षको शुरुमा पक्राउ गरिएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’