लन्डन । इलाइट इभेन्ट्सले बेलायतमा पहिलो पटक पप गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस्संग लाइभ कन्सर्ट वीथ डान्सपार्टी गर्ने भएको छ । आगामी २० डिसेम्बर सांझ सेन्ट्रल लन्डनको चर्चित थिएटर ट्रोक्सीमा कन्सर्ट हुन लागेको आयोजक मध्ये एक एलबीजेड गुरुङले जनाए । आयोजकले कलाकारमात्र होइन, भेन्यू पनि उत्कृष्ट छनोट गरेका छन् । कन्सर्ट, कन्फेरेन्स र अन्य कार्यक्रम गरि वार्षिक अढाइ सय भन्दा बढि इभेन्ट्स हुने उक्त हल फुल्ली साउण्ड प्रुफ्ड अनि साउण्ड, लाइट र एभी इक्वीपमेन्टले सुसज्जित छ भने थिएटरभित्र मल्टिपल बार, किचन समेत भएकाले दर्शक लाभान्वित हुनेछन् ।
युवा पुस्तामाझ लोकप्रिय ति कलाकारहरुलाई पहिलो पटक बेलायत आउने सौभाग्य जुरेको हो । बेलायतमा नेपाली कलाकारहरुको आगमन खासै नौलो नभएपनि सुव्वा र अल्बाट्रोस्को लाइभ कन्सर्टबाट युवाहरु बढि आशावादी छन् ।
कन्सर्ट एलबीजेडसहित मेक्सी गुरुङ, सञ्जय पुन, विजय गुरुङ र सुरज सिंहले संयुक्त रुपमा गर्न लागेका हुन् । सांझ ७ बजे शुरु हुने कन्सर्टसंगै डान्स पार्टी बिहान ६ बजेसम्म चल्ने आयोजकले बताएका छन् । कन्सर्टका लागि ६ वटा अफिसियल मिडिया र कयौं प्रायोजकको साथ छ ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक