लण्डन । चाल्टर्न नेपाली समाजले नेपालबाट आएका प्रख्यात हास्यकलाकार मनोज गजुरेलका साथमा दशैँ तिहार शुभकामना साँझ गर्ने भएको छ ।
आगामी १९ अक्टोबर आइतबार साँझ चाल्टर्नस्थित मेरिडिएन स्पोर्ट्स क्लबमा हुने सो कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलसहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने समाजले बताएको छ ।
कार्यक्रममा उपस्थितिको लागी स्थानीयबासीहरुलाई समाजले अनुरोध गरेको छ ।
चाडबाडको उपलक्ष्यमा सपरिवार उपस्थित भएर भरपुर मनोरन्जनसहित आपसी शुभकामना आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य समाजका नवनिर्वाचित अध्यक्ष रोमनाथ पाण्डेले बताए । कार्यक्रममा भाग लिन टिकट दर १० पाउण्ड तोकिएको कोषाध्यक्ष कृष्ण खरेलले जानकारी दिए ।
बेलायतमा केही समय कार्यक्रम देखाइरहेका गजुरेलको सो कार्यक्रम भिन्न खालको हुने विश्वास आयोजकले दिएका छन् ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा