काठमाडौं। नेपाल प्रहरीका चार नायब प्रहरी महानिरीक्षक(डिआइजी)ले सरकारविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका छन्। उनीहरुले अदालतले चार डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन्।
डिआइजीहरु यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज शाही र सुशील वरसिंह थापाले संयुक्त रुपमा दर्ता गरेको मुद्दामा प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको छ। अदातलको फैसला कार्यान्वयन नगर्ने चारै जनामाथि कारवाहीको माग समेत गरिएको छ।
न्यायाधीश द्वय दीपकराज जोशी र ओमप्रकाश मिश्राको संयुक्त इजलासले चार जनालाई एआइजीमा बढुवा गर्न परमादेश जारी गरेको थियो।
सरकारले एआइजीमा बढुवा नगरेका कारण चारै जनाले सेवा अवधीका कारण अनिवार्य अवकास प्राप्त गरेका छन्।
सरकारले सर्वोच्चको फैसला कार्यान्वयन हुन नसक्ने भन्दै महान्याधिवक्तामार्फत असोज ८ गतेको फैसलामाथि पुनरावलोकन दर्ता गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा