काठमाडौँ । महिलामाथि हुने हिंसाका कारण डेढ महिना अवधिमा २७ महिलाको ज्यान गएको छ । सञ्चारिका समूह नेपालले साउन १६ देखि भदौ ३१ गतेसम्म विभिन्न सञ्चारमाध्यममा बलात्कार, यौन दुर्व्यहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, राजनीतिक र अन्य गरी विभिन्न शीर्षकमा गरेको अध्ययनबाट यो नतिजा देखिएको हो।
डेढ महिना अवधिमा १४ वटा दैनिक पत्रपत्रिकामा ३५ वटा बलात्कारका घटना, महिला बेचबिखनका नौ, महिलाको स्वास्थ्य अधिकार हननका ६६, यौन दुर्व्यहारका १७, घरेलु हिंसासँग सम्बन्धित १२, दाइजोसँग सम्बन्धित १९ र बहुविवाहका तीन समाचार प्रकाशित भएका थिए।
यस्तै, सोही अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय पाँच, फोटो समाचार आठ, लेख ७५ र समाचार ६९५ वटा प्रकाशित भएका थिए। सञ्चार अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँपत्रिका, गोरखापत्र, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, द काठमाण्डु पोष्ट, रिपब्लिका, दि हिमालयन टाइम्स र दि राइजिङ नेपाल समेटिएका थिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ