
डेढ महिनामा २७ महिलाको हत्या
काठमाडौँ । महिलामाथि हुने हिंसाका कारण डेढ महिना अवधिमा २७ महिलाको ज्यान गएको छ । सञ्चारिका समूह नेपालले साउन १६ देखि भदौ ३१ गतेसम्म विभिन्न सञ्चारमाध्यममा बलात्कार, यौन दुर्व्यहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, राजनीतिक र अन्य गरी विभिन्न शीर्षकमा गरेको अध्ययनबाट यो नतिजा देखिएको हो।
डेढ महिना अवधिमा १४ वटा दैनिक पत्रपत्रिकामा ३५ वटा बलात्कारका घटना, महिला बेचबिखनका नौ, महिलाको स्वास्थ्य अधिकार हननका ६६, यौन दुर्व्यहारका १७, घरेलु हिंसासँग सम्बन्धित १२, दाइजोसँग सम्बन्धित १९ र बहुविवाहका तीन समाचार प्रकाशित भएका थिए।
यस्तै, सोही अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय पाँच, फोटो समाचार आठ, लेख ७५ र समाचार ६९५ वटा प्रकाशित भएका थिए। सञ्चार अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँपत्रिका, गोरखापत्र, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, द काठमाण्डु पोष्ट, रिपब्लिका, दि हिमालयन टाइम्स र दि राइजिङ नेपाल समेटिएका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउन छलफल
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति