काठमाडौ। क्षेत्र नम्बर ६ बैतडीले यु–१९ नेशनल च्याम्पियनको उपाधि दोस्रो पटक जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले पराजित गर्दै बैतडीले उपाधि उचालेको हो ।
फाइनलमा बैतडीका कप्तान प्रेम तामाङको ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनी नै म्यान अफ द म्याच बने । फाइनलमा पोखराको ब्याटिङ भने फ्लट खाएको थियो ।
टस जितेत ब्याटिङ गर्न आएको बैतडीले खराब शुरुवात गरेको थियो । १६ रनको अवस्थामा बैतडीले दुवै आपनिङ ब्याट्सम्यान गुमाएको थियो । तर मध्यमक्रममा ब्याट्सम्यानले खेललाई सम्हालेका थिए । ४९ ओभरमा अल आउट हुदा बैतडीले १ सय ५३ रनको चुनौतिपूर्ण रन जोड्न सफल भएको थियो ।
बैतडीका लागि योगेन्द्र कार्कीले सबैभन्दा बढी २५ रन बनाए भने प्रेम र अरुण ऐरीले २३ र २० रनको जोडे। पोखराका बलरहरु दीपेन्द्र श्रेष्ठ, सुशील कडेल र बिपिन खत्रीले २–२ विकेट लिएका थिए ।
प्रतिउत्तर ब्याटिङमा उत्रेको पोखराका कप्तान खेमराज पौडेलले गतिलो साझेदार प्राप्त गर्न नसक्दा टिम ५७ रनमै अल आउट भयो । पोखराका ८ ब्याट्सम्यनले दोहोरा अंक रन जोड्न सकेनन्। जसमध्ये तीन खेलाडी शुन्यमै आउट भए। पौडेलले सर्वाधिक २१ रन बाहेक राजेश लम्सालले १२ रन बनाएका थिए । बैतडीका कप्तान प्रेमले ६ आभेर ५ बलका स्पेलमा १८ रन दिँदै तीन विकेट लिए । योगेन्द्र र धिरज जैरुको नाममा २–२ विकेट रह्यो। प्रतियोगिताको विजेता बैतडीले २५ हजार र उप विजेता पोखराले १५ हजार रुपैया हात पारेको छ ।
फाइनलसहित तीन वटा खेलमा म्यान अफ द म्याच बनेका प्रेम म्यान अफ द सिरिज घोषित भए । उनले पुरस्कारमा १० हजार रुपैया प्राप्त गरेका छन् ।
तीन वटा खेलमा१ सय ३७ रन बनाएका बैडतीका योगेन्द्र प्रतियोगिताको बेस्ट ब्याट्सम्यान बने । ४ खेलमा १२ विकेट लिने धनगढीका अर्जुन चापागाई बेस्ट बलर घोषित भए । उनीहरु दुवैले ५ हजार नगद प्राप्त गरेका छन् । धनगढीले फेयर प्लेको उपाधिसँगै ५ हजार रुपैया प्राप्त गरेको छ ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो