काठमाडौ। क्षेत्र नम्बर ६ बैतडीले यु–१९ नेशनल च्याम्पियनको उपाधि दोस्रो पटक जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले पराजित गर्दै बैतडीले उपाधि उचालेको हो ।
फाइनलमा बैतडीका कप्तान प्रेम तामाङको ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनी नै म्यान अफ द म्याच बने । फाइनलमा पोखराको ब्याटिङ भने फ्लट खाएको थियो ।
टस जितेत ब्याटिङ गर्न आएको बैतडीले खराब शुरुवात गरेको थियो । १६ रनको अवस्थामा बैतडीले दुवै आपनिङ ब्याट्सम्यान गुमाएको थियो । तर मध्यमक्रममा ब्याट्सम्यानले खेललाई सम्हालेका थिए । ४९ ओभरमा अल आउट हुदा बैतडीले १ सय ५३ रनको चुनौतिपूर्ण रन जोड्न सफल भएको थियो ।
बैतडीका लागि योगेन्द्र कार्कीले सबैभन्दा बढी २५ रन बनाए भने प्रेम र अरुण ऐरीले २३ र २० रनको जोडे। पोखराका बलरहरु दीपेन्द्र श्रेष्ठ, सुशील कडेल र बिपिन खत्रीले २–२ विकेट लिएका थिए ।
प्रतिउत्तर ब्याटिङमा उत्रेको पोखराका कप्तान खेमराज पौडेलले गतिलो साझेदार प्राप्त गर्न नसक्दा टिम ५७ रनमै अल आउट भयो । पोखराका ८ ब्याट्सम्यनले दोहोरा अंक रन जोड्न सकेनन्। जसमध्ये तीन खेलाडी शुन्यमै आउट भए। पौडेलले सर्वाधिक २१ रन बाहेक राजेश लम्सालले १२ रन बनाएका थिए । बैतडीका कप्तान प्रेमले ६ आभेर ५ बलका स्पेलमा १८ रन दिँदै तीन विकेट लिए । योगेन्द्र र धिरज जैरुको नाममा २–२ विकेट रह्यो। प्रतियोगिताको विजेता बैतडीले २५ हजार र उप विजेता पोखराले १५ हजार रुपैया हात पारेको छ ।
फाइनलसहित तीन वटा खेलमा म्यान अफ द म्याच बनेका प्रेम म्यान अफ द सिरिज घोषित भए । उनले पुरस्कारमा १० हजार रुपैया प्राप्त गरेका छन् ।
तीन वटा खेलमा१ सय ३७ रन बनाएका बैडतीका योगेन्द्र प्रतियोगिताको बेस्ट ब्याट्सम्यान बने । ४ खेलमा १२ विकेट लिने धनगढीका अर्जुन चापागाई बेस्ट बलर घोषित भए । उनीहरु दुवैले ५ हजार नगद प्राप्त गरेका छन् । धनगढीले फेयर प्लेको उपाधिसँगै ५ हजार रुपैया प्राप्त गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार