काठमाडौं। विवादका कारण पटक पटक स्थगित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको मिति छैटौंपटक तोकिएको छ । महामन्त्री प्रकाशमान सिंह नेतृत्वको निर्देशक समितिले आइतबार कात्तिक ३० देखि मंसिर २ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको हो । महाधिवेशन स्थगित गरिएको विरोध र नयाँ मिति घोषणाको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा एक साता आमरण अनसन बस्दै आएका चार विद्यार्थीले नेताले अनसन तोडेका छन् ।

नयाँ कार्यतालिकाअनुसार कात्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार पार्नुपर्ने छ । पारी त्यसका आधारमा २०७१ कात्तिक ३०, मंसिर १ र २ गते काठमाडौंमा महाधिवेशन गर्ने जनाएको छ ।
अधिवेशन हुन बाँकी जिल्ला र क्याम्पसलाई कात्तिक १८ भित्र अधिवेशन सक्नसमेत निर्देशन दिँदै विज्ञप्तिमा भनिएको छ, ‘विधि र प्रक्रिया पुर्याइएका तथा अधिवेशन हुन बाँकी रहेका जिल्ला र क्याम्पसको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र बनाई कात्तिक १८ गतेभित्र सम्पन्न गर्ने ।’
६८ जिल्ला अधिवेशन सम्पन्न भएको नेविसंघले जनाउँदै आए पनि अहिलेसम्म ४८ जिल्लाको मात्र प्रतिनिधि टुंगो लागेको छ । यसअघि पाँचौंपटक महाधिवेशन स्थगित भइसक्दा पनि केन्द्रीय क्याम्पस कीर्तिपुरसहित उपत्यकाका प्रमुख क्याम्पसमा अधिवेशन भएको छैन । रामेछाप, चितवन, सिन्धुपाल्चोक, रुपन्देही, बारा, पर्सा, भक्तपुर, ललितपुर, कञ्चनपुरसहित एक दर्जन जिल्लामा विवाद छ ।
आन्तरिक विवादकै कारण नेविसंघको महाधिवेशन यसअघि भदौ २९ देखि ३१, गत जेठ २९ देखि ३१ गतेका लागि तोकिए पनि विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । त्यसअघि २०७० भदौ २९ देखि ३१ गतेका लागि तोकिएको महाधिवेशन मिति तोकिएको थियो । २०७० वैशाख ६ देखि ८ र २०६९ माघ २७ देखि २९ गतेलाई महाधिवेशनको मिति घोषणा गरिएको थियो । संघको २०६४ जेठपछि महाधिवेशन भएको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा