काठमाडौं। नेपाली फुटबल टोलीले जापानसँग ४–०ले पराजित हुँदै इन्चोन एसियाडको यात्रा समाप्त गरेको छ । तीन खेलमा कुल नेपालले १३ गोल खाएको नेपाली यु–२३ टोलीले कुनै टिमविरुद्ध गोल फर्काउन सकेन ।
नेपालले पहिलो खेलमा इराकसँग ४–० र दोस्रो खेलमा कुवेतसँग ५–० गोलअन्तरले हार भोगेको थियो । सोह्र वर्षको अन्तरालपछि नेपाल एसियाड खेलका फुटबलमा पहिलो पटक सहभागिता जनाएको थियो ।
एसियाडको फुटबलमा नेपालको यो पाँचौ सहभागिता हो । यसअघि १९८२, १९८६, १९९४ र १९९८ मा नेपाल सहभागी भएको थियो । नेपालले १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाडबाट अन्तर्राष्ट्रियस्तरमा औपचारिक यात्रा सुरु गरेको थियो । त्यतिबेला नेपालका बाइबी घलेले कुवेतविरुद्धको खेलमा एक गोल गरेका थिए । त्यो नै नेपालको एसियाडमा एक मात्र गोल हो ।
फोटो जापान यु-२३ विरुद्ध उत्रिएको नेपाली टोली ।
तस्विर : गोलनेपाल डट कम
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा