काठमाडौं। भारतीय गोर्खा सैनिक जीतु राईले इन्चोन एसियाडमा स्वर्ण पदक जितेका छन्। संखुवासभा शितलपाट्टीका राईले एयर पिस्तोलतर्फ ५० मिटरमा स्वर्ण जित्दै भारतलाई स्वर्ण पदक दिलाएका हुन् । जितु पाँच सन्तान छोरा मध्य काँहिला सन्तान हुन् । 
सात वर्षअघि भारतीय सेनामा प्रवेश गरेका राईले यसअघि सुटिङ विश्वकप र राष्ट्रमण्डल खेलमा ५० मिटरतर्फ स्वर्ण पदक जितेका थिए । यसै वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा सात पदक हात परेका छन् ।
उनले आइतबार १० मिटर पेस्तोलतर्फको टिम खेलमा कास्य पदक प्राप्त गरेका छन् । सन् २०१६ मा रियो दि जेनेरियामा हुने ओलम्पिकका लागि राई छनोट भएका छन् । एशियाड स्वर्ण जितेपछि भारतको उत्तर प्रदेश सरकारले राईलाई ५० लाख भारतीय रुपैया दिने घोषणा गरेको छ ।
पिताको पदचिन्ह पछ्याउँदै राई सेनामा भर्ना भएका हुन् । उनले ब्रिटिस गोर्खा सैनिकका लागि पनि आवेदन दिएका थिए । ‘तर ब्रिटिस गोर्खाको छनोट प्रक्रिया शुरु हुनु एक दिन अघि नै भारतीय सेनामा छनोट भए,’ मेडल जितेपछि इन्डियन एक्प्रेससँग कुरा गर्दै राईले भनेका छन् । राई गोर्खा इलाभेन्थ रेजिमेन्ट लखउनमा कार्यरत छन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी