लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबले एएफीसी प्रेसिडेन्ठ कप फुटबलमा विजयी शुरुवात गरेको छ । श्रीलंकामा जारी प्रतियोगितामा श्रीलकाली एयर फोर्सलाई २–१ ले पराजित गर्दै मनाङले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
मनाङका लागि शिव श्रेष्ठ र अनिल गुरुङले गोल गरेका थिए । तर सुगाथदासा रंगलाशामा भएको खेलमा अग्रता भने श्रीलंकाली क्लबले लिएको थियो । खेलको पाँचौ मिनेटमा गोल खाएको मनाङका लागि ३५ औं मिनेटमा श्रेष्ठले बराबरी गोल गरेका थिए । ६५ औं मिनेटमा गुरुङले पेनाल्टीमार्फत निर्णयक गोल गरेका थिए । खेलमा दुवै टोलीले केही सुन्दर अवसर खेर फालेका थिए । डोडोजलाई डिबक्समा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो । मनाङले दोस्रो खेल तुर्कमेनिस्तानको एटिटियु एफसीसँग सोमबार खेल्ने छ । दुई समुहमा विभाजित समूहका शीर्ष टोली सिधै फाइनलमा प्रवेश गर्ने छ । विजेताले ५० हजार अमेरिकी नगद पाउने छ भने दोस्रो टोलीले २५ हजार अमेरिकी डलर पाउने छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा