लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबले एएफीसी प्रेसिडेन्ठ कप फुटबलमा विजयी शुरुवात गरेको छ । श्रीलंकामा जारी प्रतियोगितामा श्रीलकाली एयर फोर्सलाई २–१ ले पराजित गर्दै मनाङले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
मनाङका लागि शिव श्रेष्ठ र अनिल गुरुङले गोल गरेका थिए । तर सुगाथदासा रंगलाशामा भएको खेलमा अग्रता भने श्रीलंकाली क्लबले लिएको थियो । खेलको पाँचौ मिनेटमा गोल खाएको मनाङका लागि ३५ औं मिनेटमा श्रेष्ठले बराबरी गोल गरेका थिए । ६५ औं मिनेटमा गुरुङले पेनाल्टीमार्फत निर्णयक गोल गरेका थिए । खेलमा दुवै टोलीले केही सुन्दर अवसर खेर फालेका थिए । डोडोजलाई डिबक्समा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो । मनाङले दोस्रो खेल तुर्कमेनिस्तानको एटिटियु एफसीसँग सोमबार खेल्ने छ । दुई समुहमा विभाजित समूहका शीर्ष टोली सिधै फाइनलमा प्रवेश गर्ने छ । विजेताले ५० हजार अमेरिकी नगद पाउने छ भने दोस्रो टोलीले २५ हजार अमेरिकी डलर पाउने छ ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण