नेपाली युवा फुटवल टोली एएफसी यु–१६ च्याम्पिनशीपअन्तर्गत महत्वपूर्ण खेलमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । थाइल्यान्डमा जारी प्रतियोगिताको समूहगत चरणको आज हुने अन्तिम खेलमा नेपालले क्वाटरफाइनलमा प्रवेश गर्नका लागि बराबरी खेले पर्याप्त हुने छ भने उत्तर कोरियामाथि जित्दै पर्ने दवाव छ ।
साबिक विजेता उज्वेकिस्तानसँग एक –एक को बराबरी खेलेको दोस्रो खेलमा कुवेतलाई २–१ ले पराजित गरेको थियो । पहिलो खेलमा कुवेतलाई ३–० खेल जितेको उत्तर कोरियाले उज्वेकिस्तानसँग ३–२ले पराजित भएको थियो । उज्वेकिस्तानले समूहमा ‘कमजोर’ देखिएको कुवेतसँग अन्तिम खेल आज एकै समयमा खेल्ने छ ।नेपाल र उत्तर कोरियाबीच राजामंगल स्टेडियममा अपरान्ह पौने तीन बजे खेल हुने छ । त्यसै समयमा उज्वेविस्तान र कुवेतबीच अर्को स्टेडियममा खेल हुने छ ।
कुवेतमाथि ३-० को जीत हासिल गरेको उत्तर कोरिया उज्वेकिस्तानसँग ३-२ ले पराजित भएको थियो । सी समुहको अन्तिम खेलबाट आउने समिकरणले क्वाटरफाइनल चरणमा प्रवेश गर्ने टोलीको निर्धारण गर्ने भएको एकै समय दुवै खेल हुन लागेको हो । १६ देशको युवा टोेलीलाई चार समूहमा विभाजित गरेर समूहगत चरणको प्रतिस्पर्धामा रहेका छन् । राउन्ड रोबिनको आधारमा सञ्चालन हुने समूह चरणको खेलमा शीर्ष स्थानमा आउने दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताका शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष आयोजना हुने यु–१७ विश्वकपमा खेल्न पाउने छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार