झापा एघारले एन्फा कप फुटवल प्रतियोगिताको उपाधी जितेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा झापाले संकटा क्लबलाई ४–० ले पराजित गर्दै वर्षको पहिलो प्रतियोगिताको उपाधि चुमेको हो ।
जीतसँगै झापाले १० लाख नगद प्राप्त गरेको छ । झापाका लागि नगेन्द्र लिम्बुले पहिलो हाफको ४३ औं मिनेटमा गोल गर्दै आग्रता दिलाएका थिए । दोस्रो हाफ बाँकी तीन गोल भयो ।
अन्तिम १५ मिनेटमा झापाले संकटालाई तीन गोल ठोकेको थियो । ७६ औं मिनेटमा पेनल्टीमार्फत कर्ण लिम्बुले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
खेलको ८६ औं मिनेटमा विकाश राईले गोल गरेका थिए भने त्यसका दुई मिनेट पछि नै किरण चेम्जोङले चौथो गोल गरेका थिए । नकआउट प्रतियोगिताको पहिलो खेलमा लीग विजेतालाई मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेर झापाले आफूलाई उपाधिको दह्रो उपस्थितिको संकेत गरेको थियो ।सेमीफाइनलमा विभागीत टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको फाइनलमा स्थान सुरक्षित परेको थियो ।
तस्विर : गोलनेपाल डट कम
प्रतियोगिताको उप विजेता संकटा क्लबले ५ लाख रुपैया हात पारेको छ । संकटा नेपाली सेनालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा पुग्ने दुवै टोलीले एक–एक लाख नगद प्राप्त गरेका छन् । प्रतियोेगितामा नेपाल प्रहरी, थ्री स्टार क्लब, मोरङ एघार पहिलो चरणबाट बाहिरिएका थिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने