नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी वर्ल्ड क्रिकेट डिभिजन थ्रीका लागि पारस खड्काको नेतृत्वमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । प्रतियोगिता कातिक ९–१६ सम्म(अक्टोबर २६ देखि नोभेम्बर २) युगाण्डामा हुने छ ।
क्यानका कार्यवहाक महासचिव उत्तम कर्माचार्यले जारी गरेको विज्ञप्तिअनुसार टोलीको उप कप्तानमा ज्ञानेन्द्र मल्ल रहने छन् ।
टोलीमा अन्य सदस्यमा शरद भेषवाकर, सुभाष खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, नरेश बुढाऐर, अरिफ शेख, रामनरेश गिरी, सागर पुन, सोमपाल कामी, अमृत भट्टराई, बिनोद भण्डारी, मेहबुब आलम, भुवन कार्की, राहुल बिक, करण केसी रहेका छन् ।
जितेन्द्र मुखिया र अभिनाष कर्ण टिममा परेका छैनन भने पूर्ण रुपमा फिट नभएपनि अमृत भट्टराईलाई टिममा समावेश गरिएको छ । क्यानले खेलाडीको सूची असोज ९ गते मात्रै आइसिसीलाई बुझाउने छ ।
नेपालसँगै प्रतियोगितामा आयोजक युगाण्डा, बर्मुडा, मलेसिया, अमेरिका र सिंगापुर प्रतियोगितमा सहभागी रहेको छ ।
प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ मा उक्लिने छन् भने दुई टोली रेलिगेसनमा परेर डिभिजन फोरमा झर्ने छन् । डिभिजन दुईको प्रतियोगिताका जनवरीमा नामिबियामा हुने छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा