नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी वर्ल्ड क्रिकेट डिभिजन थ्रीका लागि पारस खड्काको नेतृत्वमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । प्रतियोगिता कातिक ९–१६ सम्म(अक्टोबर २६ देखि नोभेम्बर २) युगाण्डामा हुने छ ।
क्यानका कार्यवहाक महासचिव उत्तम कर्माचार्यले जारी गरेको विज्ञप्तिअनुसार टोलीको उप कप्तानमा ज्ञानेन्द्र मल्ल रहने छन् ।
टोलीमा अन्य सदस्यमा शरद भेषवाकर, सुभाष खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, नरेश बुढाऐर, अरिफ शेख, रामनरेश गिरी, सागर पुन, सोमपाल कामी, अमृत भट्टराई, बिनोद भण्डारी, मेहबुब आलम, भुवन कार्की, राहुल बिक, करण केसी रहेका छन् ।
जितेन्द्र मुखिया र अभिनाष कर्ण टिममा परेका छैनन भने पूर्ण रुपमा फिट नभएपनि अमृत भट्टराईलाई टिममा समावेश गरिएको छ । क्यानले खेलाडीको सूची असोज ९ गते मात्रै आइसिसीलाई बुझाउने छ ।
नेपालसँगै प्रतियोगितामा आयोजक युगाण्डा, बर्मुडा, मलेसिया, अमेरिका र सिंगापुर प्रतियोगितमा सहभागी रहेको छ ।
प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ मा उक्लिने छन् भने दुई टोली रेलिगेसनमा परेर डिभिजन फोरमा झर्ने छन् । डिभिजन दुईको प्रतियोगिताका जनवरीमा नामिबियामा हुने छ ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक