AFC U-16: नेपालको जीत, क्वाटरफाइनल नजिक

नेपालले थाइल्यान्डमा जारी एएफसी यु-१६ च्याम्पियनशीपमा कुवेतलाई पराजित गरेको छ । बैंककमा जारी फुटवल प्रतियोगितामा नेपालले कुवेतलाई २-१ले पराजित गरेको हो । साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलको नेपाल यो जीतसँगै क्वाटरफाइनलको नजिक पुगेको छ । खेलको दोस्रो मिनेटमा कुवेतका खेलाडीको आत्मघाती गोलसँग नेपालले अग्रता कायम गरेको थियो। यो पराजयसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । कुवेतलाई पराजित गर्ने उत्तर कोरियासँग नेपालले अन्तिम खेल बिहीबार खेल्ने छ ।Bimal Gharti front

बिहीबारको खेलमा बराबरीले नेपाललाई क्वाटरफाइनलमा पुर‌्याउने छ । दोस्रो खेलमा जीतसँगै नेपालको चार अंक भएको छ । मंगलबार भएको दोस्रो खेलमा उज्वेकिस्तानले उत्तर कोरियालाई ३-२ले पराजित गरेको छ । अंक तालिकामा समान अंक भएपनि गोल अन्तरको आधारमा नेपाल दोस्रो स्थानमा छ ।

समूह सीको अंक तालिका

समूह सीको अंक तालिका

शुरुवाती अग्रतापछि कुवेतले खेलमा फर्किन नेपालमाथि तीव्र दवाव बनाएको थियो। खेलको ७४ मिनेटमा कुवेतले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। नेपालका लागि बिमल घर्ती मगरले ८१ मिनेटमा पेनाल्टीबाट गोल गर्दै नेपालको पक्षमा खेल पारेका थिए ।

 

10370798_870160206335264_4619339307845258158_n 10703588_870145983003353_5217552283132825107_n 10372510_870151779669440_1671335127426357820_n

तस्विरहरु : गोलनेपाल डट कम

प्रतिक्रिया

सम्बन्धित सामाग्री