थाइल्यान्डमा जारी एएफसी यु–१६ मा नेपालले मंगलबार कुवेतसँग सामना गर्दैछ । आइतबार पहिलोे खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानलाई बराबरीमा रोकेर आफ्नो दह्रो उपस्थितिको संकेत गरी सकेको छ । पहिलो खेल गुमाएका नेपाली टोलीका कप्तान बिमल घर्ती मगर दोस्रो खेलमा छन् ।
पहिलो खेल एक–एकको बराबरीमा टुङ्गिएको थियो । सोमबार पुरै टिमले रोयल थाइ पुलिस स्टेडियममा अभ्यास गरेको छ । खुट्टामा लगेको चोटको कारण बिमल एक साताभर अभ्यासमा सहभागी हुन सकेका थिएनन् । अझै पनि चोट पूर्ण रुपमा निको भएको छैन । पूर्ण रुपमा स्वास्थ्य नभएको कारण बिमलसँगै मिडफिल्डर हेमन्त थापा मगर, डिफेन्डर अनन्त तामाङ पनि सोमबारको अभ्यासमा सहभागी भएनन् ।
पहिलो खेल उत्तर कोरियासँग ३–०ले गुमाएको कुवेतलाई प्रयोगितामा रही रहनका लागि नेपालविरुद्धको खेल जित्दै पर्र्ने दवाव हुनेछ । कुवेतलाई पराजित गरे दोस्रो चरणमा नेपाल पुग्ने संभावना बढी हुने छ ।

राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल