थाइल्यान्डमा जारी एएफसी यु–१६ मा नेपालले मंगलबार कुवेतसँग सामना गर्दैछ । आइतबार पहिलोे खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानलाई बराबरीमा रोकेर आफ्नो दह्रो उपस्थितिको संकेत गरी सकेको छ । पहिलो खेल गुमाएका नेपाली टोलीका कप्तान बिमल घर्ती मगर दोस्रो खेलमा छन् ।
पहिलो खेल एक–एकको बराबरीमा टुङ्गिएको थियो । सोमबार पुरै टिमले रोयल थाइ पुलिस स्टेडियममा अभ्यास गरेको छ । खुट्टामा लगेको चोटको कारण बिमल एक साताभर अभ्यासमा सहभागी हुन सकेका थिएनन् । अझै पनि चोट पूर्ण रुपमा निको भएको छैन । पूर्ण रुपमा स्वास्थ्य नभएको कारण बिमलसँगै मिडफिल्डर हेमन्त थापा मगर, डिफेन्डर अनन्त तामाङ पनि सोमबारको अभ्यासमा सहभागी भएनन् ।
पहिलो खेल उत्तर कोरियासँग ३–०ले गुमाएको कुवेतलाई प्रयोगितामा रही रहनका लागि नेपालविरुद्धको खेल जित्दै पर्र्ने दवाव हुनेछ । कुवेतलाई पराजित गरे दोस्रो चरणमा नेपाल पुग्ने संभावना बढी हुने छ ।

बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने