कर्ण लिम्बुले दुई गोल गरेपछि झापा एघार सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्र्दै एन्फा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा आइतबार सेमिफाइनल झापाले एपिएफलाई २–० गोलअन्तरले पराजित ग¥यो । झापाका लागि दुवै गोल कर्ण लिम्बुले गरे ।
पहिलो हाफको २२ औँ मिनेटमा योगेश गुरुङले करिब ३५ यार्डबाट प्रहार गरेकोे फ्रिकिक बललाई सदुपयोग गर्दै लिम्बूले गोल गरे । खेलको ८५ औँ मिनेटमा पेनाल्टीमार्फत उनले थप एक गोल गर्दै जीत सुनिश्चित गराएका थिए । जङ्बु शेर्पाले लिम्बूलाई डि यरियामा लडाएपछि झापाले पेनाल्टी पाएको थियो ।
झापा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनमा प्रवेश गरेको थियो ।
सोमबार दिउँसो एक बजे सेमिफाइनलको अन्तिम खेल त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैया पाउने छ ।
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया