कर्ण लिम्बुले दुई गोल गरेपछि झापा एघार सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्र्दै एन्फा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा आइतबार सेमिफाइनल झापाले एपिएफलाई २–० गोलअन्तरले पराजित ग¥यो । झापाका लागि दुवै गोल कर्ण लिम्बुले गरे ।
पहिलो हाफको २२ औँ मिनेटमा योगेश गुरुङले करिब ३५ यार्डबाट प्रहार गरेकोे फ्रिकिक बललाई सदुपयोग गर्दै लिम्बूले गोल गरे । खेलको ८५ औँ मिनेटमा पेनाल्टीमार्फत उनले थप एक गोल गर्दै जीत सुनिश्चित गराएका थिए । जङ्बु शेर्पाले लिम्बूलाई डि यरियामा लडाएपछि झापाले पेनाल्टी पाएको थियो ।
झापा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनमा प्रवेश गरेको थियो ।
सोमबार दिउँसो एक बजे सेमिफाइनलको अन्तिम खेल त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैया पाउने छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा