U-16: किरणको गोलमा साविक विजेतासँग नेपालको बराबरी

नेपालले एएफसी यु–१६ च्याम्पियनशीपको पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलेको छ । बैंककमा भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा किरण सुनारले गोल गर्दै उज्वेकिस्तानसँग अंक खोसेका हुन् । Kiran Sunuwar u16 photo Anfa_official Coach During_match

किरणले खेलको ९३ औं मिनेटमा गोल गरेका थिए । चोटको कारण स्टार खेलाडी बिमल घर्ती मगर बिनै मैदानमा उत्रिएको नेपालले उज्वेकलाई दवावमा राख्न सफल भएको थियो । उज्वेकिस्तानका कुचिमोचले ५३ मिनेटमा पेनाल्टीबाट गोल अग्रता दिलाएका थिए । नेपाल र उज्वेकिस्तानको अतिरिक्त समूह ‘सी’मा उत्तर कोरिया र कुवेत रहेका छन् । दुवै टोलीबीच थाइ समयअनुसार साँझ ८ बजे आइतबार नै खेल हुने छ । १६ टिमको सहभागिता रहेको यु–१६ चार समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिनको आधारमा खेलाइने समूहगत चरणबाट शीर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छ। शीर्ष चार स्थानमा रहेको टोलीले आगामी वर्ष आयोजना हुने यु–१७ को विश्वकप खेल्न पाउने छ ।

तस्वीर सौजन्य : गोलनेपाल डट कम

प्रतिक्रिया

सम्बन्धित सामाग्री