नेपालले एएफसी यु–१६ च्याम्पियनशीपको पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलेको छ । बैंककमा भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा किरण सुनारले गोल गर्दै उज्वेकिस्तानसँग अंक खोसेका हुन् ।

किरणले खेलको ९३ औं मिनेटमा गोल गरेका थिए । चोटको कारण स्टार खेलाडी बिमल घर्ती मगर बिनै मैदानमा उत्रिएको नेपालले उज्वेकलाई दवावमा राख्न सफल भएको थियो । उज्वेकिस्तानका कुचिमोचले ५३ मिनेटमा पेनाल्टीबाट गोल अग्रता दिलाएका थिए । नेपाल र उज्वेकिस्तानको अतिरिक्त समूह ‘सी’मा उत्तर कोरिया र कुवेत रहेका छन् । दुवै टोलीबीच थाइ समयअनुसार साँझ ८ बजे आइतबार नै खेल हुने छ । १६ टिमको सहभागिता रहेको यु–१६ चार समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिनको आधारमा खेलाइने समूहगत चरणबाट शीर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छ। शीर्ष चार स्थानमा रहेको टोलीले आगामी वर्ष आयोजना हुने यु–१७ को विश्वकप खेल्न पाउने छ ।
तस्वीर सौजन्य : गोलनेपाल डट कम
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा