नेपाल थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनशीप फुटबल प्रतियोगिताको पहिलो खेलमा आइताबार अपरान्ह साविक विजेता उज्वेकिस्तानसँग खेल्दै छ । चोटको कारण नेपाली टोलीका स्टार खेलाडी बिमल घर्ती मगर आइतबारको खेलमा मैदानमा उत्रिने संभावना कम रहेको नेपाली टोलीले जनाएको छ । मगर कुवेतसँग मंगलबार हुने खेलका लागि फिट हुने अपेक्षा गरिएको छ । थाइल्यान्डको राजधानी बैंककस्थित मैङथोङ रंंगलाशामा अपरान्ह (स्थानीय समय अपरान्ह ४ बजे, नेपाली समय २ बजेर ४५ मिनेट, बेलायती समय बिहान १० बजे) खेल प्रारम्भ हुने छ ।
नेपाल र उज्वेकिस्तानससँग समूह सीमा उत्तर कोरिया र कुवेत रहेका छन् । नेपालले मंगलबार कुवेत र बिहीबार उत्तर कोरियासँग प्रतिस्धर्पा गर्ने छ । च्याम्पियशीपमा चार समूहमा रहेका १६ वटा टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रारम्भिक चरणमा शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्ने छ । प्रतियोगिता शीर्ष चार स्थानमा पर्ने टोली अर्को वर्ष आयोजना हुने यु १७ विश्वकप फुटबलमा सहभागी हुन पाउने छन् ।
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता