नेपाल थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनशीप फुटबल प्रतियोगिताको पहिलो खेलमा आइताबार अपरान्ह साविक विजेता उज्वेकिस्तानसँग खेल्दै छ । चोटको कारण नेपाली टोलीका स्टार खेलाडी बिमल घर्ती मगर आइतबारको खेलमा मैदानमा उत्रिने संभावना कम रहेको नेपाली टोलीले जनाएको छ । मगर कुवेतसँग मंगलबार हुने खेलका लागि फिट हुने अपेक्षा गरिएको छ । थाइल्यान्डको राजधानी बैंककस्थित मैङथोङ रंंगलाशामा अपरान्ह (स्थानीय समय अपरान्ह ४ बजे, नेपाली समय २ बजेर ४५ मिनेट, बेलायती समय बिहान १० बजे) खेल प्रारम्भ हुने छ ।
नेपाल र उज्वेकिस्तानससँग समूह सीमा उत्तर कोरिया र कुवेत रहेका छन् । नेपालले मंगलबार कुवेत र बिहीबार उत्तर कोरियासँग प्रतिस्धर्पा गर्ने छ । च्याम्पियशीपमा चार समूहमा रहेका १६ वटा टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रारम्भिक चरणमा शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्ने छ । प्रतियोगिता शीर्ष चार स्थानमा पर्ने टोली अर्को वर्ष आयोजना हुने यु १७ विश्वकप फुटबलमा सहभागी हुन पाउने छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार