नेपाली प्रहरीलाई पराजित गर्दै नेपाली सेना एन्फा कप फुटवलको सेमीफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा सेनाले अर्को विभागीय टोली प्रहरीलाई २–० ले पराजित गरेको हो ।
सेनाका लागि ३३ औं मिनेटमा नवयुग श्रेष्ठले अग्रता दिलाएका थिए भने ७२ औं मिनेटमा दीपक गुरुङले अन्तर दोब्बर बनाएका थिए । सेमीफाइनलमा सेनाको भिडन्त संकटा क्लब र मोरङ एघारबीचको विजेतासँग हुनेछ । सेमीफाइनलको चौथो टोली हुनका लागि दुवैबीच शुक्रबार खेल हुने छ । यसअघि झापा एघार र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब सेमीफाइनलमा प्रवेश गरी सकेका छन् । ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैया हात पार्ने छ भने उप विजेताले ५ लाख पाउने छ । त्यसैगरी सेमीफाइनलमा प्रवेश गर्ने टोलीले एक लाख रुपैया पाउने छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित