नेपाली प्रहरीलाई पराजित गर्दै नेपाली सेना एन्फा कप फुटवलको सेमीफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा सेनाले अर्को विभागीय टोली प्रहरीलाई २–० ले पराजित गरेको हो ।
सेनाका लागि ३३ औं मिनेटमा नवयुग श्रेष्ठले अग्रता दिलाएका थिए भने ७२ औं मिनेटमा दीपक गुरुङले अन्तर दोब्बर बनाएका थिए । सेमीफाइनलमा सेनाको भिडन्त संकटा क्लब र मोरङ एघारबीचको विजेतासँग हुनेछ । सेमीफाइनलको चौथो टोली हुनका लागि दुवैबीच शुक्रबार खेल हुने छ । यसअघि झापा एघार र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब सेमीफाइनलमा प्रवेश गरी सकेका छन् । ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैया हात पार्ने छ भने उप विजेताले ५ लाख पाउने छ । त्यसैगरी सेमीफाइनलमा प्रवेश गर्ने टोलीले एक लाख रुपैया पाउने छन् ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना