बुधबार, असार २ २०७८ | Wed, June 16, 2021
नेपालको समय: १३:३५ | UK Time: 08:50

बाढी पीडितका लागि क्यानडामा सहयोग उठाइने

वीनेपाली
२०७१ भदौ १९ गते ७:२०

नेपाली जनसंपर्क समिति क्यानाडाले नेपालका बाढी पहिरो पीडितहरुका लागि आर्थिक सहयोग जुटाउने भएको छ। नेपालमा  हालै निम्तिएको प्राकृतिक बिपत्तिमा परी सयौं परिवार घरबारबिहीन भएकाले सुरक्षित व्यवस्थापनमा साथ दिन राहत संकलन थालिएको समितिले जनाएको छ।Canada_flag

जनसम्पर्क समितिको बुधबार बसेको बैठकले बरिष्ठ उपसभापति भाष्कर रेग्मीको संयोजकत्वमा ५ सदस्यीय बाढी पीडित सहयोग समिति गठन गरी राहत संकलन थालिएको समितिका सभापति बुद्धिप्रकाश ओलीले बताए । सहयोग समितिमा राजु थापा, शैलेन्द्र चापागाईं, हेमराज पाण्डे र चुडामणि लुइंटेल छन्।

बाढी पीडित सहयोग समितिका संयोजक भाष्कर रेग्मीले छिटो भन्दा छिटो राहत संकलन गरी दशैँ अगावै पीडित समक्ष पुर्‌याइने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक