भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको सङ्ख्या अधिक रहेको छ । ५३ जनामध्ये ३७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।
त्यस्तै विष सेवन गरेर १३, आगो लगाएर एक, औजार प्रयोग गरेर एक र हाम फालेर एकजनाले ज्यान फालेको परिसरले जनाएको छ ।
आत्महत्या गर्नेमा युवतीको सङ्ख्या बढी भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताए । विशेषगरी १५ देखि २० वर्ष उमेर समूहका युवतीले आत्महत्या गरेको पाइन्छ– उनले भने, “यो संवेदनशील विषय हो यसको निराकरण गर्न आवश्यक छ ।”
अनुसन्धानका क्रममा आत्महत्याको प्रमुख कारणमा प्रेममा धोका भएको पाइएको अधिकारीले बताए। त्यससँगै आर्थिक कारणले पनि आत्महत्या गरेको पाइएको छ । साथै केही घटना क्षणिक आवेशमा आएर भएको पाइएको छ । रासस
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला