सर्लाही । पर्याप्त चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने सर्लाहीको सदरमुकाम मलङ्गवास्थित पुरानो एवम् सरकारी अस्पताल आफैँ थलिने अवस्थामा पुगेको छ ।
कम्तीमा पाँच चिकित्सक हुनुपर्ने अस्पतालमा विगत पाँच-छ महिनादेखि दुई चिकित्सक मात्र कार्यरत छन् ।
विगत पाँच/छ महिनादेखि अस्पतालमा दुईजना मात्र चिकित्सक छन् -हाल सर्लाही अस्पतालको प्रमुखका रूपमा कार्यभारसमेत सम्हालिरहेका चिकित्सक प्रल्हाद अधिकारीले भने-जिल्ला अस्पतालमा कम्तीमा पनि पाँच चिकित्सक हुनुपर्ने हो ।
अस्पतालमा दैनिक ओपिडीमा सय, आकस्मिक २०-२५, प्रसूतिमा चार-पाँच, सर्पदंश लगायतका बिरामीको चाप रहने भएकाले दुई मात्र चिकित्सक हुँदा उपचार सेवाका लागि निकै समस्या परिरहेको चिकित्सक अधिकारीको कथन छ ।
दुईवर्षे करारमा स्वास्थ्य मन्त्रालयबाट नियुक्ति लिई सर्लाही अस्पतालमा खटिएका अधिकारी र अर्का एक चिकित्सकको करार सकिन एक महिना मात्र बाँकी छ । केही दिनअघि आएका तीनजना चिकित्सक एक दिन पनि नबसी मन्त्रालयको नियुक्तिपत्र बुझाएर मात्र फर्किएको चिकित्सक अधिकारीले बताए । गत भदौ ११ गते दुई तथा भदौ १३ गते एक चिकित्सक हाजिर हुन आए र हाजिर भएकै दिन फर्के उनीहरू फेरि फर्केका छैनन्-अधिकारीले भने ।
पन्ध्र शैय्याको अस्पतालले ५५ शैय्याको स्वीकृतिसमेत पाइसकेको र त्यसका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । १५ शैय्याको अस्पताल हुँदा कम्तीमा पाँच चिकित्सक तथा ५० शैय्या क्षमताको हुँदा १५ जना चिकित्सक हुनुपर्ने जानकार बताउँछन् ।
प्रचलनअनुसार स्थायी दरबन्दीका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट प्रमुख हुनुपर्ने भए पनि १० महिनादेखि सर्लाही अस्पतालले त्यस्तो प्रमुख पाउन सकेको छैन ।
सर्लाही अस्पतालमा पर्याप्त चिकित्सक ल्याउनका लागि आफूले स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला विभिन्न निकायमा प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले बताए । सर्लाही अस्पताललाई चिकित्सकीय एवम् भौतिक पूर्वाधारको हिसाबले सुविधा सम्पन्न बनाउनका लागि अथक प्रयास गरिरहेको छु – प्रजिअ पोखरेलले भने ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने