वीरगञ्ग भन्सार कार्यालयको परिसरमा रहेको गोदामका भएको आगलागीमा करोडौ मुल्यको सामान जलेको छ । आगलागी भएको गोेदाम सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेडले सामान राख्ने प्रयोग गर्ने गरेको थियो । 
जिल्लाका एसपी दिनेश लोहनीले राति २ बजे गोदामका आगो देखिएको जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई आगो नियन्त्रणमा लिन ८ घण्टाभन्दा बढी समय लागेको थियो । आगो नियन्त्रण गर्न ६ वटा दमकलको प्रयोग गरिएको थियो ।
वीरगञ्जस्थित कम्पनीको शाखाले आगालागीबाट कति क्षति भयो भनेर मूल्यांकन गर्न केही समय लाग्ने बताए ।
कार्यालयले गोदाममा कम्प्युटर, म्युजिक सिस्टम, तयारी पोशाक, फिर्निचर, खाने तेल, टेलिकम्युनिकेशनका उपकरणहरु रहेको जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुसँग कुरा गर्दै गोेदामका पाले गामबहादुर परियारले बिहान करिब २ बजे विजुलीको तार जलेको गन्ध आएपछि मेन स्वीच बन्द गरेको बताएका छन् । ‘आगोको मुस्लो देखेपछि मैले प्रहरीलाई खबर गरे,’ परियारले भने ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी